४६६ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

४६६ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४६६ कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ६३ जना भेन्टिलेटरमा र ४ सय ३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७७ जना छन् भने  ३८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ५९ जना आइसियुमा र ५ जना भेन्टिलेटरमा छन् ।  प्रदेश १ मा ४८ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ ।

त्यस्तै प्रदेश २ मा १२ जना आइसियुमा र १ जनाको भेन्टिलेटर भइरहेको छ भने सुदुरपश्चिममा ७ आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ८८ जना आइसियुमा र १२ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा १२ जनाको आइसियु उपचारर भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : ४५ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई