किसानलाई कामकै चटारो (फोटो फिचर) « Khabarhub

किसानलाई कामकै चटारो (फोटो फिचर)


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैँ, तिहार, छठसहितका चाडपर्व सकिएसँगै किसानलाई हिउँदे बाली भित्र्याउने चटाराले छोपेको छ ।

धान काट्ने तथा थन्क्याउनेसहितका काममा किसान व्यस्त छन् ।

तस्वीरमा हेर्नुहोस किसानलाई कामको चटारो

 

शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाका महिला घरमै पालिएका बाख्रालाई इपिलइपिल नामक डालेघाँस खुवाउँदै । यहाँका महिलाले घरमै बाख्रापालन गरी घरायसी गर्जो टार्दै आएका छन ।
डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लामा तरकारी खेती गर्दै महिला ।
बजारमा लैजानका लागि फार्ममा उत्पादन भएको सिताके च्याउ टिप्दै गोरखा नगरपालिका–५, ठूलोरिपकी स्थानीय कृषक सानुमाया थापामगर । कटुसको मुडामा खोती गर्दै आएको सिताके च्याउ प्रतिकिलो रु ५ सयसम्ममा बिक्री हुने गरेको छ ।
बजारमा लैजानका लागि फार्ममा उत्पादन भएको सिताके च्याउ टिप्दै
पाल्पाको रामपुर नगरपालिका–१० का कृषक धान घर लैजान ट्रयाक्टरमा राख्दै । अहिले गाउँघरमा सडक सुबिधा पुगेपछि धानलगायतका कृषि उपज घर लैजान कृषकलाई सजिलो परेको छ ।
लमजुङको उच्च हिमाली भेग तथा लेकमा चरणका लागि ल्याइएका भेँडा । जाडो बढेसँगै क्व्होलासोथर गाउँपालिका– ३ स्थित घलेगाउँमा ल्याइएका भेडा । यतिबेला जाडो छल्न बेँसी झार्ने गरिन्छ ।
म्याग्दीको मङगला गाउँपालिका–२ सिमको फाँटमा धान काटदै गरेका स्थानीयबासी । यतिबेला कृषकहरुलाई धान भित्रयाउने चटारो बढेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको व्यवसायिक च्याउ खेती सम्बन्धी तालिममा सहभागी वडा नम्बर–२ सोल्माका कृषक । नगरपालिकाले कृषक समूलाई विभिन्न व्यवसायका लागि निःशुल्क तालिमका साथै बीउ बिजनसमेत उपलब्ध गराउँदै आएको छ ।
तनहुँको व्यास नगरपालिका–५ पतेनीमा कृषक कपिल पौडेलले गरेको गाईभैसी पालन । गाईभैसीको दूध विक्री गरेर पौडेलले मनग्य आम्दानी गर्दै आएका छन् ।
बागलुङ नगरपालिका–८ सिगानामा उत्पादन भएको बेसार काटेर सुकाउनका लागि पानीमा सफा गर्दै स्थानीय एक महिला । भान्सामा प्रयोग हुँदै आएको बेसार पछिल्लो समय कोरोना रोकथामका लागि समेत प्रयोग हुँदै आएको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ४ का किसान केरामा आत्म निर्भर बन्दै कृषकहरु । बेच्नको लागि काटेर तयार पारेको केरा ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर २ मा एक मधेसी महिलाले जीविकोपार्जनका लागि गरेको खुर्सानी खेती ।
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका­४ माथिल्लो गौँथलेका किसान कुलबहादुर थापा मगर टिपेको गोलभेँडा बजार पठाउन डोकोमा राख्दै । गोलभेँडा राम्रो फलेको र भाउ पनि पाएकाले यसपालि किसान खुसी छन ।
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका­४ माथिल्लो गौँथलेका किसान कुलबहादुर थापा मगर परिवारको साथ बारीमा गोलभेँडा टिप्दै । गोलभेँडा राम्रो फलेको र भाउ पनि पाएकाले यसपालि किसान खुसी छन ।
चितवनको सौराहामा पँहेलपुर भएर फूलेको तोरी । पुष्टभूमिमा हिमालको दृष्य । तोरी खेतीका लागि अब्बल मानिने चितवनमा पछिल्लो समयमातोरी खेती घटदो छ ।
लालझाडी गाँउपालिकाको बल्मीका महिलाहरु खेतमा गहुँ छर्न अघि सफा गर्दै ।

तस्वीर : रासस

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १२ : ५३ बजे

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने