काठमाडौँदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप जोडियो « Khabarhub

काठमाडौँदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप जोडियो


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केवार–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकि रहेको काठमाडौँदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप ( सर्कल) जोड्न सफल भएको छ ।

नेपाल विद्युत प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हालेका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्न भएको हो । ‘ग्रिडका दक्ष इन्जिनियरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जोड्न सफल भएका छन्,’ शाक्यले भने, ‘पटक–पटक स्विचिङ गर्दा मुख्य गरेर औद्योगिक ग्राहकलाई धेरै मर्का पथ्र्यो ।’

उनले अब उक्त समस्या समाधान भई आइतबार दिउँसोबाट सो लुप चालु रहेको जानकारी दिए । ‘सुरुका छलफलपछि ग्रिडका प्रबन्धकलाई आवश्यक जडानको कदमहरु चाल्न आग्रह गरेको थिएँ,’ उनले भने, ‘खिम्ती प्लान्टका कर्मचारी र ग्रिडकै केही कर्मचारी पनि अस्पष्ट थिए । तर, सैद्धान्तिक छलफलपछि उहाँहरु पनि आश्वस्त हुनुभयो । सबैको प्रयासबाट हामी सफल भयौँ ।’

उनले दक्ष इन्जिनियरहरुसँग छलफल गर्दा सहजै समस्या समाधान हुन्छ भन्ने यो एउटा सफल उदाहरण भएको जानकारी दिए । यसको प्रत्यक्ष फाइदा जाडो याममा देखिने उनले बताए ।

‘एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्युचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्थ्यो । अर्को खिम्तिबाट लामासाँघु, भक्तपुर हुँदै काठमाडौँ प्रवेश हुन्थ्यो,’ शाक्यले भने, ‘त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुगने भने हेटौँतिरको लाइनबाट विजुली ल्याएर जोड्नुपथ्यो भने त्यता ओभरलोड हुँदा भक्तपुरतिरबाट ल्याएर जोड्नुपथ्र्यो । कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएन ।’

अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यहि लुपबाट प्रशासरण हुने र मेक बिफोर ब्रेक गरिंदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ । ‘यो सामान्य समस्या हो, दुइ–चार जना इन्जिनियर एक ठाउँमा राखेर छलफल गर्दा सजिलै हल भयो,’ उनले भने, ‘यो सामान्य प्राविधिक समस्या छलफलको अभावमा अल्झिएको थियो । यो समाधान भयो ।’

शाक्यले स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी)को कन्ट्रोलरुममा पुगी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिने क्रममा त्यहाँका प्राविधिकहरुसँगको छलफलमा यो पत्ता लगाएपछि तत्काल समाधानको प्रयासमा लागेको बताउनुभयो । ‘केही इन्जिनियर साथीहरु सुरुमा यो काम गर्नु हुदैंन भनी पछि हटेका थिए,’ उनले भने, ‘उहाँहरुले केही समय मागेपछि हामी यो कार्य आइतबार सम्पन्न गर्न सफल भएका छौँ । रक्सौलमा पनि कहिले भारत केहिले नेपाल गर्दा त्यस्तो समस्या छ । अब त्यो पनि तत्काल समाधान गर्ने गरी टिम परिचालन भएको छ ।’

शाक्यले त्यहाँको समाधानपछि भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काट्नु–जोड्नु पर्ने बाध्यता पनि अब हट्ने दाबी गरे ।

उनले आफ्नै दक्ष इन्जिनियरहरुको हौसला बढाएर र उनीहरुरुसँग छलफल गरी अघि बढ्ने हो भने विश्वसनीय सेवा दिन सकिन्छ भन्ने सन्देश पनि यो कामले दिएको बताए ।

‘हामीले आगामी दिनमा क्लालिटी, सर्भिस र प्राइससँगै आयोजनाहरुमा स्वदेशी इन्जिनियरिङ प्रयोगलाई प्राथमिकता दिएर अघि बढ्नुको अर्को विकल्प छैन,’ शाक्यले भने, ‘सधैँभरी विदेशी परामर्शदाताको मात्रै भर पर्ने हो भने ठाउँ–ठाउँमा धोका पाइन्छ । ढल्केबर सबस्टेशनले यदि हाम्रो इन्जिनियरिङ प्रयोग नभएको भए यति छिटो प्रगति गर्ने थिएन । स्वदेशी इन्जिनियरिङ प्रयोगलाई प्राथमिकता दियो भने जस्तासुकै समस्या पनि हल गर्न सकिन्छ भन्ने त्यो एउटा गतिलो उदाहरण हो ।’

उनले आफ्नो कार्यकालभरी स्वदेशी प्रविधि र प्राविधिकलाई नै प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘चिलिमे मोडेल अर्थात स्वदेशी प्रविधि, स्वदेशी सिप र स्वदेशी लगानीमा अघि बढ्नुपर्छ । ठूला–ठूला आयोजनामा पनि अब स्वदेशी परामर्शदाता नै प्रयोग गर्नुपर्छ म त्यसैमा लाग्छु,’ उनले भने, ‘आजको दिनमा विद्युतको चुनौति भनेको लोडसेडिङ होइन, अब त्यसलाई इतिहास बनाएर विश्वसनियता, राम्रो सेवा र उपयुक्त मुल्यमा जोड दिनुपर्छ ।’

त्यसका लागि विद्युत प्रणालीलाई प्राविधिक हिसावले स्तरीय र बलियो बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । ‘त्यसका लागि प्रसारण लाइनहरु निर्माण गर्ने र सबस्टेशनको क्षमता थप गरी आधुनिकिकरण गर्दै लैजाने र वितरण प्रणाली सुदृढ गर्नु आवश्यक छ,’ उनले भने ।

आगामी दिनमा काठमाडौँ उपत्यकामा बढन सक्ने लोड समेतको विचार गरी प्राविधिक उपायहरु अप्टिमाइजेशनमा आधारित भई सम्भव भएसम्म सस्तो र स्वदेशी बुद्धिले जानेको र मानेको जुक्तिहरु लगाई कार्य गरिने पनि उनले बताए ।

प्राधिकरणका अनुसार यसपालिको जाडो यामका लागि २ सय ५० मेगावाट सम्मको बिजुली आयातको लागि भारतले आइतबार मात्रै स्वीकृत दिएको छ । २ सय ५० मेगावट मध्ये केही (८० देखि १५० मेगावाट ) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफनै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भैरहेको बताइएको छ । गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभिमा चार्ज भइ भारतबाट ४०० केभिमा पहिलो पटक बिजुली प्रवाह भएको हो । यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ । जसबाट आगामी वर्षात मा ५०० देखि ६०० मेगावाट सम्म निर्यातको संभावना बनेको छ।’

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  २ : ३४ बजे

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो