वडासम्म इन्टरनेटको पहुँच पुर्‍याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री « Khabarhub

वडासम्म इन्टरनेटको पहुँच पुर्‍याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा लागि परेको बताएका छन् ।

गैरसरकारी संस्था महासङ्घ नेपालले यहाँ आज आयोजना गरेको ‘खुला सरकारः नागरिक साझेदारी’ विषयको ‘भर्चुअल कार्यक्रममा सरकारका प्रवक्ता गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए ।

मन्त्री गुरुङले नागरिक साझेदारीका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न सबै स्थानीय तहमा ‘एकीकृत मोबाइल एप’ सञ्चालनको कामलाई अघि बढाइएको पनि स्मरण गराए ।

मन्त्री गुरुङले भने, “सबै स्थानीय तहमा नागरिकसँग सम्बन्धित कामलाई प्रभावकारी बनाउन मोबाइल एप सञ्चालनको काम भइरहेको छ, यसले सेवा प्रवाहको काम प्रविधिको माध्यमबाट प्रभावकारी ढङ्गले सञ्चालन गर्न र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न योगदान पुर्‍याउने छ ।”

मन्त्री गुरुङले विकट क्षेत्रमा रहेका नागरिकलाई सूचना प्रविधिको पहुँचमा पुर्‍याउनका लागि स्थानीय तहका वडासम्म नै इन्टरनेटको सहज पहुँच पुर्‍याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

मन्त्री गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट सेवा प्रदान गरिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ३ : ४५ बजे

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले