विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्ने भारतको विश्वास | Khabarhub Khabarhub

विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्ने भारतको विश्वास


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  भारतले आगामी बिहीबार र शुक्रबार हुने विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको छ ।

भारतको विदेश मन्त्रालयले सचिव श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गर्दै भनेको छ,‘भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्त्वपूर्ण हुनेछ ।’

विदेश सचिवको रुपमा कार्यभार सम्हालेपछि श्रृंगलाको यो पहिलो भ्रमण हो । नेपालको परराष्ट्र मन्त्रालयले पनि उनको नेपाल भ्रमणको सोमबारै मिति सार्वजनिक गरेको छ ।

‘यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको छ,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नु हुनेछ ।’

नेपाल र भारत बीच नक्सा विवाद आएपछि नेपाल भ्रमण गर्ने विदेश सचिव श्रृंगला तेस्रो ठूलो भारतीय अधिकारी हुन् । यस अघि भारतको बाह्य गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय सेनाका सेनाध्यक्ष एमएम नरवणेले नेपालको भ्रमण गरिसकेका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने सचिव श्रृंखलाको उक्त भ्रमण नियमित रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेश सचिव श्रृंगलाले भ्रमणकै दौरान नेपाललाई कोभिड–१९ सम्बन्धी सामग्री पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : १५ बजे

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

गुल्मी– गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा