कांग्रेस अधिवेशन कुनै पनि बहानामा सार्नु हुँदैन : महामन्त्री कोइराला « Khabarhub

कांग्रेस अधिवेशन कुनै पनि बहानामा सार्नु हुँदैन : महामन्त्री कोइराला


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अमेरिका र बिहारमा निर्वाचन हुने तर नेपाली कांग्रेसको चुनाव हुन नसक्ने अवस्थाले आफू चकित भएको बताएका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेपाली कांग्रेस पार्टीको निर्वाचन सार्ने नेतृत्वको मनसायले पार्टी जीवन समाप्त हुने बताए ।

हरेक निर्वाचनले परिवर्तन दिने चर्चा गर्दै उनले अमेरिका र बिहारमा सम्पन्न आम निर्वाचनले नेपाली कांग्रेसको अधिवेशन समयमै गर्न सकिन्छ भन्ने सन्देश दिएको सुनाए । पार्टी अधिवेशन कुनै बहानामा पनि सार्न नहुने उनले जिकिर गरे ।

कोरोना अस्थायी अस्पताल रजहर (प्राकृतिक चिकित्सालय)मा आयोजित रेडियो मध्यबिन्दु एफएमको १२ औं वार्षिकोत्सव कार्यक्रममा डा. कोइरालाले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा काेइरालाले चिकित्सालयलाई स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : १३ बजे

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी– पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल साउन १६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १६ गते शनिबार सन् २०२६