तस्वीरमा हेर्नुहोस् किसानको दैनिकी « Khabarhub

तस्वीरमा हेर्नुहोस् किसानको दैनिकी


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर चिसो बढ्दो क्रममा छ । चिसोकैबीच सर्वसाधारण आआफ्नो दैनिकीमा व्यस्त छन् ।

आफ्नै व्यवसाय गरेर स्वरोजगार बन्ने सोचका साथ काम गरिरहेका नेपालीको दैनिकी फरक फरक छ । कसैले बारीमा लगाएको कोदो भित्र्याउने बेला भएको छ भने कोही गाईभैसी स्याहार्नमा व्यस्त देखिन्छन् ।

फूलखेती गर्नेदेखि मानिसको दैनिक जीवनमा चाहिने सामान उत्पादन गर्न पनि अहिले व्यावसायिक काम शुरु भएको छ ।

यहाँ हामीले नेपालीको दैनिकी झल्कने केही तस्वीर प्रस्तुत गरेका छौँ ।

तस्वीरमा हेर्नुहोस् नेपाली किसानको दैनिकी :

तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, मलागिरीका किसान बारीमा पाकेको कोदो टिप्दै ।
बागलुङको गलकोट नगरपालिका–७ मल्म, आँगाखेतमा फूलेको तोरी ।
कतारमा १० बर्ष बिताएर आएका समीर थापा बिगत ४ बर्षदेखि १३ रोपनी जग्गा भाडामा लिएर रु आठ लाख लगानीमा गोलभेडा खेती शुरु गरेका हुन ।
दुना टपरी बनाउन ललितपुरको मङगलबजारमा सालको पात किन्दै सर्वसाधारण ।
लालझाडी गाउँपालिका,शङकरपुरका किसान बदाम खन्दै । यस क्षेत्रमा बदामखेती अधिक हुने गरेको छ ।
लालझाडी गाउँपालिका,शङ्करपुरका किसान बदाम खन्दै । 
कृषि ज्ञान केन्द्र तनहुँको कार्यालय परिसरमा कार्यालयले लगाएको सयपत्री फूल खेती ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० मलवाका माउते हफिजुल मुसलमान ढुवानी गर्ने धान हात्तीमाथि राख्दै । हात्तीको प्रयोग विवाहमा र सौखिन मानिसले सफारीका लागि गर्छन । माउते मुसलमानका अनुसार हात्ती ५७ वर्षको भयो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० मलवाका माउते हफिजुल मुसलमान ढुवानी गर्ने धान हात्तीमाथि राख्दै । 
कपिलवस्तु शिवराज नगरपालिका बगैचा टोलमा नजिकैको जङगलबाट दाउरा ल्याउँदै महिला ।
कपिलवस्तु शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा प्याजको विउ छर्नका लागि खेत तयार गर्दै कृषक ।
बागलुङ नगरपालिका–४ का किसान गणेश शर्माले बागलुङ बजार नजिकै सञ्चालन गरेको व्यावसायिक गाईभैँसी फार्म ।
धनगढीको तिल्केताल नजिकै एक स्थानीयले व्यावसायिकरुपमा गरेको तरीकारी खेतीमा लगाएको गोलभेडाका बिरुवा गोडमेल तथा स्याहार गर्दै स्थानीय कृषक ।
तुलसीपुर उपमहानगरपालिका–४ खुमखानीका नागरिकले गरेको व्यावसायिक बाख्रापालन । यहाँ प्रत्येक घरमा करिब १०० भन्दा बढी बाख्रापालन गर्ने गरिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ खुमखानीका नागरिकले गरेको खेतीबारी । त्यहाँका नागरिकहरु खेतीपाती गरेरै जीवन धान्ने गरेका छन ।

तस्वीर : रासस

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ११ : ५६ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२