कोरोना कहर : जाडो मौसममा पनि मुस्ताङीले थातथलो नछाड्ने « Khabarhub

कोरोना कहर : जाडो मौसममा पनि मुस्ताङीले थातथलो नछाड्ने


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मङ्सिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् ।

जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै खाली हुने र तल्लो भेकमा पनि न्यून मात्रामा मानिस बस्ने गरेको विगतलाई यस वर्ष कोरोना भाइरस (कोभिड–१९)ले पूरै फेरिदिएको छ ।

विगतमा कात्तिकदेखि बेँसी झर्न थालेका मुस्ताङी फागुनमा फर्कने गर्दथे तर अहिले कोरोना भाइरसको सङ्क्रमणको जोखिमले उनीहरू आफ्नो थातथलो नछाड्ने मनस्थितिमा पुगेको उपल्लो मुस्ताङको लोमन्थाङका बासिन्दा एवं गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट बताउँछन् ।

उनी भन्छन्, “कहिल्यै पनि चिसो याममा आफ्नो ठाउँमा नबसेकाहरू पनि यस पटक भने कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला नछाड्ने स्थानीयवासीले सोच बनाएका छन् ।” विष्टका अनुसार विगतका वर्षमा यो समयसम्म आइपुग्दा उपल्लो मुस्ताङमा १० प्रतिशत हाराहारी मात्रै मानिस हुने गरेको भए पनि अहिले भने कोही पनि तल आएका छैनन् ।

“हालसम्म लोमान्थाङ गाउँपालिकाभित्रको अवस्था हेर्दा पोखरा काठमाडौँतिर आफ्नै घर हुनेहरू केही मात्रै झरेका छन् तर अन्य झरेका छैनन्,” लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदील बताए ।

अधिकृत सुवेदी भन्छन्, “पालिकाका अध्यक्ष झर्न चाहनुभएको छैन, म मात्रै झरेर पनि अर्थ हुँदैन गाउँका सबै यहीँ छन्, उनीहरूसँगै म पनि यहीँ बस्छु भन्नुभएको छ अध्यक्षले पनि ।”

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १ : १७ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज