कोरोना कहर : जाडो मौसममा पनि मुस्ताङीले थातथलो नछाड्ने « Khabarhub

कोरोना कहर : जाडो मौसममा पनि मुस्ताङीले थातथलो नछाड्ने


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मङ्सिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् ।

जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै खाली हुने र तल्लो भेकमा पनि न्यून मात्रामा मानिस बस्ने गरेको विगतलाई यस वर्ष कोरोना भाइरस (कोभिड–१९)ले पूरै फेरिदिएको छ ।

विगतमा कात्तिकदेखि बेँसी झर्न थालेका मुस्ताङी फागुनमा फर्कने गर्दथे तर अहिले कोरोना भाइरसको सङ्क्रमणको जोखिमले उनीहरू आफ्नो थातथलो नछाड्ने मनस्थितिमा पुगेको उपल्लो मुस्ताङको लोमन्थाङका बासिन्दा एवं गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट बताउँछन् ।

उनी भन्छन्, “कहिल्यै पनि चिसो याममा आफ्नो ठाउँमा नबसेकाहरू पनि यस पटक भने कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला नछाड्ने स्थानीयवासीले सोच बनाएका छन् ।” विष्टका अनुसार विगतका वर्षमा यो समयसम्म आइपुग्दा उपल्लो मुस्ताङमा १० प्रतिशत हाराहारी मात्रै मानिस हुने गरेको भए पनि अहिले भने कोही पनि तल आएका छैनन् ।

“हालसम्म लोमान्थाङ गाउँपालिकाभित्रको अवस्था हेर्दा पोखरा काठमाडौँतिर आफ्नै घर हुनेहरू केही मात्रै झरेका छन् तर अन्य झरेका छैनन्,” लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदील बताए ।

अधिकृत सुवेदी भन्छन्, “पालिकाका अध्यक्ष झर्न चाहनुभएको छैन, म मात्रै झरेर पनि अर्थ हुँदैन गाउँका सबै यहीँ छन्, उनीहरूसँगै म पनि यहीँ बस्छु भन्नुभएको छ अध्यक्षले पनि ।”

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १ : १७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब