देशभर ४५० कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

देशभर ४५० कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४५०  कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५७  को भेन्टिलेटरमा र ३९३ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४९ जना छन भने ४० जनाको भेन्टिलेटर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा ६३ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा, प्रदेश १ मा ५२ जना आईसीयूमा र ७ जनाको भेन्टिलेटरमा र प्रदेश २ मा १० जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ६ जना आईसीयू, गण्डकी प्रदेशमा १०२ जनाको आईसीयूमा र ८ जनाको भेन्टिलेटरमा भइरहेको छ भने कर्णाली प्रदेशमा ११ जना स‌क्रमितको आईसीयू उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : ५१ बजे

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न