‘भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा आवश्यक’ « Khabarhub

‘भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा आवश्यक’


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक पूर्वाधारको जगमा टेकेर शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताए ।

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लामा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे विद्यालय भवन मङ्गलबार उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले भौतिक संरचनाको संरक्षण र सम्वद्र्धन गर्ने जिम्मा गाउँपालिकाको भएको बताए ।

शिक्षालाई गुणस्तरयुक्त बनाउन प्राप्त सूचना प्रविधिको सुविधालाई अवलम्बन गरेर अगाडि बढ्न आवश्यक रहेकोमा उनले जोड दिए ।

सो क्रममा उनले स्थानीय बासिन्दाको सक्रिय सहभागितामा निजी आवास पुनःनिर्माणको काम भइरहेकाले अब त्यसलाई सम्पन्न गर्न लाभग्राहीलाई आग्रह गरे । लाभग्राहीले नयाँ घर पनि बनाउने र पुराना घर पनि जस्ताको त्यस्तै राख्ने गरेको कारण त्यसबाट भोलिको दिनमा हुनसक्ने जोखिमलाई ध्यान दिँदै तत्काल त्यस्ता पुराना घर भत्काउन उनले आग्रह गरे ।

पहिलो किस्ताबापतको रु ५० हजार रकम लिएर खल्तीमा राख्दै घर नबनाउने हो भने पछि अप्ठ्यारोमा पर्ने भएकाले त्यसो नगर्न सरकारले थपेको समयसीमाभित्र काम सम्पन्न गर्न प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लाभग्राहीलाई आग्रह गरे ।

उनले गुम्बा मर्मतसम्भार गर्ने काम बाँकी रहेको खण्डमा यस आर्थिक वर्षमा सम्पन्न गर्ने बताए । पहिलो वर्षमा एक सय वर्ष अगाडिको पुरातात्विक महत्वका गुम्बाको निर्माण गर्ने र त्यसपछि सय वर्षभन्दा पछि बनाएको गुम्बा बनाउन सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य रत्न ढकालले एक विद्यालय एक नर्सको कार्यक्रम ग्रामोन्नतिमा पनि शुरु हुन लागेको बताए । सो विद्यालयको लागि ल्याबको व्यवस्थापन छिट्टै पूरा गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : २२ बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु