५ ओटा विद्यालय समायोजन गरेर एउटै विद्यालयमा कक्षा सञ्चालन « Khabarhub

५ ओटा विद्यालय समायोजन गरेर एउटै विद्यालयमा कक्षा सञ्चालन


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको वालिङ नगरपालिका भित्रका ५ ओटा सामुदायिक विद्यालय समायोजन भएका छन् । ११ स्थानीय तह रहेको स्याङ्जामा वालिङ नगरपालिकाले विद्यालय शिक्षा (१–१२) स्थानीय तहको अधिकारभित्र परेसँगै शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालय समायोजन गरेको हो ।

वालिङ नगरपालिकाका शिक्षा शाखाप्रमुख प्रकाशबन्धु अर्यालका अनुसार समायोजन हुने विद्यालयमा शारदा आधारभूत विद्यालय सपौंदे वालिङ २, राम्चेदेवी आधारभूत विद्यालय वालिङ ३, कालिकादेवी आधारभूत विद्यालय वालिङ १२, भगवती आधारभूत विद्यालय वालिङ १३ र चन्द्रज्योति आधारभूत विद्यालय वालिङ १३ रहेका छन् ।

शारदा, राम्चेदेवी र चन्द्रज्योतिमा १–५ कक्षा सञ्चालन भएको थियो भने कालिकादेवी र भगवतीमा १–३ कक्षा सञ्चालनमा थियो । शारदालाई बाँसपानी आधारभूत विद्यालय, राम्चेदेवीलाई माझकोट मावि, कालिकादेवीलाई सिर्सेकोट देउराली आधारभूत विद्यालय, भगवतीलाई मुटुभञ्ज्याङ आधारभूत विद्यालय र चन्द्रज्योतिलाई लक्ष्मी माविमा समायोजन गरिएको शिक्षा शाखाप्रमुख अर्यालले बताए ।

‘विद्यार्थी सङ्ख्या न्यून, भौगोलिक विकटता जस्ता कारणले विद्यालयलाई पहिलो चरणमा समायोजन गरेका छौँ,’ नगरप्रमुख दिलीपप्रताप खाँणले भने, ‘समयसापेक्ष गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउन विद्यालय समायोजनको अभियान थालिएको हो ।’

विद्यालय समायोजन अभियान ५ ओटा विद्यालयमा नयाँ शैक्षिक सत्रको शुरुआतदेखि नै लागू गरिएको नगरप्रमुख खाँणले बताए ।

स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले जिल्लामै पहिलो पटक विद्यालय समायोजन गरेको शाखाप्रमुख अर्यालको दाबी थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ३ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै