५ ओटा विद्यालय समायोजन गरेर एउटै विद्यालयमा कक्षा सञ्चालन « Khabarhub

५ ओटा विद्यालय समायोजन गरेर एउटै विद्यालयमा कक्षा सञ्चालन


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको वालिङ नगरपालिका भित्रका ५ ओटा सामुदायिक विद्यालय समायोजन भएका छन् । ११ स्थानीय तह रहेको स्याङ्जामा वालिङ नगरपालिकाले विद्यालय शिक्षा (१–१२) स्थानीय तहको अधिकारभित्र परेसँगै शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालय समायोजन गरेको हो ।

वालिङ नगरपालिकाका शिक्षा शाखाप्रमुख प्रकाशबन्धु अर्यालका अनुसार समायोजन हुने विद्यालयमा शारदा आधारभूत विद्यालय सपौंदे वालिङ २, राम्चेदेवी आधारभूत विद्यालय वालिङ ३, कालिकादेवी आधारभूत विद्यालय वालिङ १२, भगवती आधारभूत विद्यालय वालिङ १३ र चन्द्रज्योति आधारभूत विद्यालय वालिङ १३ रहेका छन् ।

शारदा, राम्चेदेवी र चन्द्रज्योतिमा १–५ कक्षा सञ्चालन भएको थियो भने कालिकादेवी र भगवतीमा १–३ कक्षा सञ्चालनमा थियो । शारदालाई बाँसपानी आधारभूत विद्यालय, राम्चेदेवीलाई माझकोट मावि, कालिकादेवीलाई सिर्सेकोट देउराली आधारभूत विद्यालय, भगवतीलाई मुटुभञ्ज्याङ आधारभूत विद्यालय र चन्द्रज्योतिलाई लक्ष्मी माविमा समायोजन गरिएको शिक्षा शाखाप्रमुख अर्यालले बताए ।

‘विद्यार्थी सङ्ख्या न्यून, भौगोलिक विकटता जस्ता कारणले विद्यालयलाई पहिलो चरणमा समायोजन गरेका छौँ,’ नगरप्रमुख दिलीपप्रताप खाँणले भने, ‘समयसापेक्ष गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउन विद्यालय समायोजनको अभियान थालिएको हो ।’

विद्यालय समायोजन अभियान ५ ओटा विद्यालयमा नयाँ शैक्षिक सत्रको शुरुआतदेखि नै लागू गरिएको नगरप्रमुख खाँणले बताए ।

स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले जिल्लामै पहिलो पटक विद्यालय समायोजन गरेको शाखाप्रमुख अर्यालको दाबी थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ३ : ०७ बजे

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको

प्रतिनिधिसभा बैठक : ३ विधेयक प्रस्तुत

काठमाडौं– सरकारले विभिन्न तीन वटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको