प्रचण्ड गर्मीका बीच खेलकुदको महाकूम्भले गुञ्जयमान नेपालगञ्ज « Khabarhub

प्रचण्ड गर्मीका बीच खेलकुदको महाकूम्भले गुञ्जयमान नेपालगञ्ज



काठमाडौं– रुखका पात हल्लिएको देखिँदा हावा चलेको महसूस हुन्छ । तर, तातो । नेपालगञ्ज अहिले प्रचण्ड गर्मीले तातेको छ । गर्मीका बीच बिहीबारदेखि औपचारिक रुपमा शुरु हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता (नेपाली खेलकुको महाकुम्भ)ले यहाँको वातावरणलाई गुञ्जायमान बनाइदिएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य द्वारबाट भित्रै छिर्दा प्रतियोगिताका लागि तयार पारिएको भिआईपी प्यारापिटले सबैको नजर तान्छ ।
प्याराफिटको अगाडि युवा तथा खेलकुद मन्त्रीसहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु तस्वीर अंकित लामो र आकर्षक होडिङ बोर्डमा कतिपयका आँखा गड्छन् । होडिङ बोर्डको सिरानमा ‘समृद्ध खेलकुद खुसी खेलाडी, बढ्छौ हामी सधै अगाडि,’ लेखिएको छ । त्यही बोर्डको दाँया छेउमा छ, राष्ट्रिपति विद्धादेवि भण्डारीले हात हल्लाइरहेको तस्वीर ।

भिआईपी प्यारापिटको भित्र छिर्दा त्यसको निर्माणमा गरिएको हतारो प्रस्टै देखिन्छ । अर्थात् धेरै मिलाउन खोजेपनि केही नमिले जस्तो ! ‘हिलोमाथि कार्पेट’ राखेजस्तै भएपनि हेर्दा भने आकर्षक नै देखिन्छ । भिआईपी प्यारापिटको काम बुधबारमात्रै सम्पन्न भएको प्रदेश नम्बर ५ खेलकुद परिषद्का अध्यक्ष भीम ओलीले बताए ।

‘समयमा सामाग्री नआइपुग्दा भिआईपी प्यारपिटको काम समयमा सम्पन्न हुँदैन कि भन्ने हामीलाई डर थियो । तर, रात दिन गरेर काम गर्दा बुधबार बेलुकीसम्ममा सबै काम सकिएको छ । अब हामी आजको दिनमा आईपुग्दा प्रतियोगिता सफलता उन्मुख छ,’ उनले भने ।

३३ वर्षे राष्ट्रिय खेलकुदको इतिहासमा २ वर्ष भित्र खेलकुदको आयोजना सम्भव छ भन्ने सन्देश नेपालगञ्जमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिताले महत्वपूर्ण सन्देश दिएको उनले बताए ।

प्रतियोगिताको औपचारिक उद्घाटन आजै (बिहीबार) अबको केही समयपछि हुँदै छ । उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मासहित विशिष्ट व्यक्तिको उपस्थिति हुने आयोजक राखेपले जनाएको छ ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेशका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ३ : ३८ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज