प्रचण्ड गर्मीका बीच खेलकुदको महाकूम्भले गुञ्जयमान नेपालगञ्ज « Khabarhub

प्रचण्ड गर्मीका बीच खेलकुदको महाकूम्भले गुञ्जयमान नेपालगञ्ज



काठमाडौं– रुखका पात हल्लिएको देखिँदा हावा चलेको महसूस हुन्छ । तर, तातो । नेपालगञ्ज अहिले प्रचण्ड गर्मीले तातेको छ । गर्मीका बीच बिहीबारदेखि औपचारिक रुपमा शुरु हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता (नेपाली खेलकुको महाकुम्भ)ले यहाँको वातावरणलाई गुञ्जायमान बनाइदिएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य द्वारबाट भित्रै छिर्दा प्रतियोगिताका लागि तयार पारिएको भिआईपी प्यारापिटले सबैको नजर तान्छ ।
प्याराफिटको अगाडि युवा तथा खेलकुद मन्त्रीसहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु तस्वीर अंकित लामो र आकर्षक होडिङ बोर्डमा कतिपयका आँखा गड्छन् । होडिङ बोर्डको सिरानमा ‘समृद्ध खेलकुद खुसी खेलाडी, बढ्छौ हामी सधै अगाडि,’ लेखिएको छ । त्यही बोर्डको दाँया छेउमा छ, राष्ट्रिपति विद्धादेवि भण्डारीले हात हल्लाइरहेको तस्वीर ।

भिआईपी प्यारापिटको भित्र छिर्दा त्यसको निर्माणमा गरिएको हतारो प्रस्टै देखिन्छ । अर्थात् धेरै मिलाउन खोजेपनि केही नमिले जस्तो ! ‘हिलोमाथि कार्पेट’ राखेजस्तै भएपनि हेर्दा भने आकर्षक नै देखिन्छ । भिआईपी प्यारापिटको काम बुधबारमात्रै सम्पन्न भएको प्रदेश नम्बर ५ खेलकुद परिषद्का अध्यक्ष भीम ओलीले बताए ।

‘समयमा सामाग्री नआइपुग्दा भिआईपी प्यारपिटको काम समयमा सम्पन्न हुँदैन कि भन्ने हामीलाई डर थियो । तर, रात दिन गरेर काम गर्दा बुधबार बेलुकीसम्ममा सबै काम सकिएको छ । अब हामी आजको दिनमा आईपुग्दा प्रतियोगिता सफलता उन्मुख छ,’ उनले भने ।

३३ वर्षे राष्ट्रिय खेलकुदको इतिहासमा २ वर्ष भित्र खेलकुदको आयोजना सम्भव छ भन्ने सन्देश नेपालगञ्जमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिताले महत्वपूर्ण सन्देश दिएको उनले बताए ।

प्रतियोगिताको औपचारिक उद्घाटन आजै (बिहीबार) अबको केही समयपछि हुँदै छ । उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मासहित विशिष्ट व्यक्तिको उपस्थिति हुने आयोजक राखेपले जनाएको छ ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेशका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ३ : ३८ बजे

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च

पुलिसले जित्यो महिला भलिबल प्रतियोगिताको उपाधि

झापा – अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएको फाइनल

मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर

काठमाडौं – उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले विवाद

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म