नेप्से ६४.७ अंकले बृद्धि, ५ अर्ब १३ करोडको सेयर किनबेच « Khabarhub

नेप्से ६४.७ अंकले बृद्धि, ५ अर्ब १३ करोडको सेयर किनबेच


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्से आज पनि उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ६४.७  अंकले बढेर १८ सय ७४.८१ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि १२.९६ अंकले बढेर ३६२.३३ बिन्दुमा चढेको छ ।

एक सय ९६ वटा कम्पनीहरुको ४२ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ४७ लाख ८९ हजार तीन सय तीन कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार चार सय ८८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये होटल समुहको सुचक घटेको छ भने बाँणिज्य बैक समुहको सुचक बढेकाछन । बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव चार अंकले बढेर १३ सय ९९ दसमलव ८१ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि आज २४ दसमलव ७८ अंकले बढेर १४ सय ७० दमसलव ९९ बिन्दुमा चढेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक हजार ७८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी ईक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य तीन दसमलव ६८ प्रतिसतले घटेर नौ रुपैयाँ ९५ पैसामा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा परेको नेको इन्स्योरेन्सको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ४२ करोड २९ लाख ९८ हजार पाँच सय २५ रुपैयाँ २५ पैसाको कारोवार भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : १२ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा