स्वास्थ्य चौकीमा छैन औषधि « Khabarhub

स्वास्थ्य चौकीमा छैन औषधि


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट– कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ ।

निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि आउन छाडेकाले औषधिको अभाव भएको स्वास्थ्यचौकीका प्रमुख कमल बमले जानकारी दिए । “गाउँपालिकाले रु २० लाख बराबरको औषधि खरिद गरेको भन्ने जानकारी पाएको छु । यहाँ आइपुगेको छैन ”, उनले भने, “ सरकारले निःशुल्क दिने भनेको औषधि पनि बिरामीले निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता छ ।”

मौसम परिवर्तन भएसँगै बिरामीको चाप बढेको स्वास्थ्यचौकीका प्रमुख बमले जानकारी दिए । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले स्वास्थ्यचौकीको अनुगमन गर्दा औषधि नभएको बताए ।

स्वास्थ्यचौकीबाट ४० प्रकारका औषधि निःशुल्क वितरण हुने सरकारको नीति रहेको छ । निःशुल्क पाइने औषधि पनि मेडिकलबाट किन्नुपरेको स्थानीयवासी कालीबहादुर बमले बताए । “हामीले निःशुल्क पाइने सिटामोल जस्ता औषधिसमेत हामीले मेडिकलबाट किनेर खानुपर्ने बाध्यता छ ।”

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १२ : २३ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा