‘मुम्बई हमला’मा ज्यान गुमाएकाहरुको सम्झनामा एकता अभियानद्वारा मोटरसाइकल र्‍याली « Khabarhub

‘मुम्बई हमला’मा ज्यान गुमाएकाहरुको सम्झनामा एकता अभियानद्वारा मोटरसाइकल र्‍याली


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– राष्ट्रिय एकता अभियानले  २६ नोभेम्बर २००८ मा भएको ‘मुम्बई हमला’मा ज्यान गुमाएकाहरुको सम्झनामा जनकपुरमा मोटरसाइकल र्‍याली निकालेको छ ।

र्‍यालीमा दर्जनाैं कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे। सो आक्रमणमा मारिएका निर्दोषहरूप्रति अभियानले श्रद्धाञ्जली समेत व्यक्त गरेकाे छ।

र्‍यालीमा सहभागीहरुले ‘आतंकवादलाई प्रसय दिन बन्द गर’, ‘आतंकवादको अन्त नै विश्वशान्तिको आगमन’,  ‘आतंकवादलाई प्रसय दिने देश अपराधी हो, लगायतका नारा लगाएका थिए ।

अभियानका संयाेजक विनय यादवले पाकिस्तानमा लुकेका आतंकवादीहरूलाई कारबाही नहुन्जेलसम्म विश्व शान्ति कायम हुन नसक्ने बताए।

२६ नोभेम्बर २००८ मा रात अचानक मुम्बईमा गोलाबारी चलेको थियो । उक्त  हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएकाे थियाे।

हमलाकारीले मुम्बईका दुई वटा पाँचतारे होटल, सीएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाएर आक्रमण गरेका थिए ।

उक्त हमलामा परी आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी समेत मारिएका थिए ।

लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी) बाट सुरु भएको  उक्त हमला ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुगेर २९ नोभेम्बरमा समाप्त भएकाे थियाे ।

हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भयो । पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएकाे थियाे ।

फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए ।

उनका अनुसार घटनामा मारिएका ९ हमलाकारी यही संगठनका सदस्य थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : ५५ बजे

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई