'मुम्बई हमला'मा ज्यान गुमाएकाहरुको सम्झनामा एकता अभियानद्वारा मोटरसाइकल र्‍याली | Khabarhub Khabarhub

‘मुम्बई हमला’मा ज्यान गुमाएकाहरुको सम्झनामा एकता अभियानद्वारा मोटरसाइकल र्‍याली


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– राष्ट्रिय एकता अभियानले  २६ नोभेम्बर २००८ मा भएको ‘मुम्बई हमला’मा ज्यान गुमाएकाहरुको सम्झनामा जनकपुरमा मोटरसाइकल र्‍याली निकालेको छ ।

र्‍यालीमा दर्जनाैं कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे। सो आक्रमणमा मारिएका निर्दोषहरूप्रति अभियानले श्रद्धाञ्जली समेत व्यक्त गरेकाे छ।

र्‍यालीमा सहभागीहरुले ‘आतंकवादलाई प्रसय दिन बन्द गर’, ‘आतंकवादको अन्त नै विश्वशान्तिको आगमन’,  ‘आतंकवादलाई प्रसय दिने देश अपराधी हो, लगायतका नारा लगाएका थिए ।

अभियानका संयाेजक विनय यादवले पाकिस्तानमा लुकेका आतंकवादीहरूलाई कारबाही नहुन्जेलसम्म विश्व शान्ति कायम हुन नसक्ने बताए।

२६ नोभेम्बर २००८ मा रात अचानक मुम्बईमा गोलाबारी चलेको थियो । उक्त  हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएकाे थियाे।

हमलाकारीले मुम्बईका दुई वटा पाँचतारे होटल, सीएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाएर आक्रमण गरेका थिए ।

उक्त हमलामा परी आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी समेत मारिएका थिए ।

लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी) बाट सुरु भएको  उक्त हमला ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुगेर २९ नोभेम्बरमा समाप्त भएकाे थियाे ।

हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भयो । पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएकाे थियाे ।

फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए ।

उनका अनुसार घटनामा मारिएका ९ हमलाकारी यही संगठनका सदस्य थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : ५५ बजे

एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार

काठमाडौं – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा

पाटेबाघको उद्धार

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौं – गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई

भारत इजरायलको महत्वपूर्ण व्यापारिक साझेदार : इजरायली अर्थमन्त्री बारकात

काठमाडौं – इजरायलका उद्योग तथा अर्थमन्त्री निर बारकातले भारत आफ्नो