तनहुँ र दाङमा २७ जुवाडे पक्राउ « Khabarhub

तनहुँ र दाङमा २७ जुवाडे पक्राउ


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तनहुँ र दाङमा प्रहरीले कौडा र तास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ ।

तनहुँको ब्यास नगरपालिका १२ बेलघारी बस्ने ४५ वर्षीय राजेन्द्र पन्तको कुखुराको फर्ममा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश बैयलकोटी समेत १९ जनालाई पक्राउ गरेको हो ।

कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा, नगद ३ लाख १० हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै दाङ, गढवा गाउँपालिका ६ प्रनाहा बस्ने ४५ वर्षीय डिल्लीराज शर्मा भुसालको घरमा तास खेलिरहेको अवस्थामा भुसाल समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९४ हजार ६ सय १५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : ०८ बजे

झापामा यी स्थानमा हुँदैछ मतगणना

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र

काठमाडौं-५ मा मतगणना सुरु

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना कार्य सुरु

चितवन–३ मा सर्वदलीय बैठक सकियो, राति १:३० बजेदेखि मतगणना सुरु हुने

चितवन – चितवन क्षेत्र नम्बर ३ को मतगणना आजै राति

चितवन- १ मा भोलि बिहान ७ बजेदेखि मात्रै मतगणना सुरु हुने

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र नम्बर १ मा भोलि बिहान ७

बहुप्रतिक्षित झापा-५ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

दमक, झापा– देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र