ग्यास्ट्रिकको समस्या समाधान गर्न यी उपाय अपनाउनुहोस् « Khabarhub

ग्यास्ट्रिकको समस्या समाधान गर्न यी उपाय अपनाउनुहोस्


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालजस्तो अल्पविकसित मुलुकमा अधिकाशं मानिसमा ग्यास्ट्रिकको समस्या पाइन्छ । प्रायः नेपालीमा पाइने यो रोगलाई आम नेपालीको रोग समेत भनिन्छ । खानाको समय नमिल्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुने गर्दछ ।

हामीले सही समय र मात्रामा खाना खाने गर्नु पर्दछ । अन्यथा ग्यास्ट्रिक हुने गर्दछ । ग्यास्ट्रिकलाई सामान्य ठानेर छाड्नु हुदैन । यदी ग्यास्ट्रिक बिग्रिएमा आन्द्राको अल्सर हुने लगायतका बिभिन्न रोगको संभावना उच्च हुन्छ । त्यसैले ग्यास्ट्रिकको समस्या पालेर राख्नु भन्दा यसको समाधानतर्फ जानु पर्दछ ।

यस्ता ग्याष्ट्रिक निको पार्ने घरेलु उपायहरु :

– बिहान खाली पेटमा २/३ पोटी लसुन पानीसँग खादाँ ग्यास्ट्रिकमा फाइदा पुग्दछ ।
– बिहान काँचो लसुनको सेवनले उच्च रक्तचापको समस्या समेत फाइदा पुर्याउँछ ।
– ग्यास्ट्रिक भएकाहरुले हरेक २ घण्टाको फरकमा केही न केही खाइहाल्नु पर्दछ ।
– लामो समय भोको बस्दा पेटमा हावा भरिएर स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।
– पेटमा ग्यास भरिए कागती पानी पिउँदा तत्काल लाभ मिल्दछ ।
– नियमित कागती पानीको सेवनले पेट फुल्ने समस्याबाट राहत दिन्छ ।
– पेटमा ग्यास जमेर गाह्रो भएकाहरुले बियर, रक्सी, मकै, राज्मा, बन्दा, प्याज खानु हुदैन ।
– ग्यास्ट्रिक भएको समयमा दूधको सेवन फाइदाजनक हुदैन ।

ग्याष्ट्रिकमा प्रशस्त पानी पिउनु पर्दछ । लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग भने गर्नुहुँदैन । यसले उल्टै पेटमा ग्याँस बढाउँछ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : १७ बजे

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर