लागुऔषधसहित दुई पक्राउ « Khabarhub

लागुऔषधसहित दुई पक्राउ


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८ वर्षीय रितेश सुनार रहेका छन् ।

जिल्ला जिल्ला प्रहरी कार्यालयका अनुसार शङ्का लागि सोधपुछ गर्ने क्रममा लागुऔषध फेला परेपछि सुनवलको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सुनवल–१ स्थित पैदलयात्रामा रहेका मगरलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट नुफिन १४ एम्पुल, डाइजेपाम १४ एम्पुल, फेनारागन १४ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

यसैगरी सुनवल–१२ भूमहीस्थित ग ५ प ७०८३ नम्बरको मोटरसाइकलका चालक सुनारलाई पनि शङ्का लागि जाँच गर्दा नुफिन ३०, डाइजापाम ३०, फेनारागन ३० एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सुनवलबाट आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रनाउ लामाले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : ३४ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ