भारतमै उत्पादन हुने भयो कोरोनाको भ्याक्सिन‚ एक डोजको १० डलर पर्ने « Khabarhub

भारतमै उत्पादन हुने भयो कोरोनाको भ्याक्सिन‚ एक डोजको १० डलर पर्ने


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी कोरोना भ्याक्सिन उत्पादक कम्पनीले स्थानीय साझेदारमार्फत भारतमै भ्याक्सिन उत्पादन गर्ने घोषणा गरेको छ।

स्पुतनिक भी नामको उक्त भ्याक्सिन उत्पादनका लागि भारतको हेटेरो नामक औषधि उत्पादक कम्पनीसँग साझेदारी थालिएको हो।

‘हेटेरो भारतको अग्रणी औषधि उत्पादक कम्पनीमध्येको हो। हेटेरोसँग वर्षेनी १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने सम्झौता भएको छ’‚ रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड(आरडिआइएफ)ले शुक्रबार एक वक्तव्य जारी गर्दै भनेको छ।

आरडिआइएफले उक्त भ्याक्सिनको बजार प्रवर्धनमा भूमिका खेल्दै आएको छ। आरडिआइएफको वक्तव्यमा सन् २०२१ को प्रारम्भबाटै भारतमा भ्याक्सिनको उत्पादन थालिने अपेक्षा लिइएको उल्लेख छ।

रुसले उक्त खोप ९५ प्रतिशत प्रभावकारी ठहरिएको दाबी गर्दै आएको छ। पाँच महिना लामो पटकपटकको परीक्षणपछि रुसले यस्तो दाबी गरेको हो। यद्यपि‚ तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी छ। ४० हजार जनामाथि जारी अन्तिम परीक्षणको नतिजा केही दिनमै आउने अपेक्षा गरिएको छ।

भ्याक्सिन उत्पादक कम्पनीले स्पुतनिक भी अन्यभन्दा सस्तो हुने बताएको छ। कम्पनीका अनुसार‚ अन्तर्राष्ट्रिय बजारमा स्पुतनिक भी प्रतिडोज १० अमेरिकी डलर (झण्डै ११८० रुपियाँ) मा उपलब्ध हुनेछ।

भारतबाहेक चीन‚ दक्षिण कोरिया‚ ब्राजिल लगायतका देशमा पनि स्पुतनिक भीको उत्पादन हुनेछ। ‘यो भ्याक्सिन आफ्नो जनसंख्यालाई कोरोना भाइरसबाट जोगाउन चाहने प्रत्येक देशको भ्याक्सिन कार्यक्रमको अभिन्न अंग बन्नुपर्छ भन्नेमा म विश्वस्त छु’‚ आरडिआइएफका प्रमुख किरिल दिमित्रेभले वक्तव्यमा भनेका छन्।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ७ : १५ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले