नेकपा विवाद 'उत्कर्ष'मा पुगेपछि प्रदेश १ मा 'प्रचण्ड–नेपाल' समूहले गरे छुट्टै भेला  | Khabarhub Khabarhub

नेकपा विवाद ‘उत्कर्ष’मा पुगेपछि प्रदेश १ मा ‘प्रचण्ड–नेपाल’ समूहले गरे छुट्टै भेला 


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् ।

नेकपा विवाद  ‘वार कि पार’को स्थितिमा पुगेपछि जिल्ला तहमा समेत छुट्टा-छुट्टै भेला हुन थालेको पाइएको छ ।

यसैबीच प्रदेश १ मा ‘प्रचण्ड–माधव’ समूहको भेला भएको बुझिएको छ । इटहरीको एक होटलमा भएको भेलामा मोरङ जिल्लाभरका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भएको बुझिएको छ ।

उनीहरुले अध्यक्ष ओली रहँदासम्म आफ्नो समूहले अवसर नपाउने भएकोले ‘अब ओलीसँग मिलेर जान नसक्ने’ निष्कर्ष निकालेको भेलामा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार  ‘हाइकमाण्ड’को निर्देशन अनुरुप भेला आयोजना गरिएको र सोही अनुरुप अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

भेलामा सहभागीहरुले ओली पक्षविरुद्ध  निकै असन्तुष्ट बनेका थिए ।  पूर्वमाओवादीका नेताले भने मिल्न सकिन्छ भने मिलाएरै अघि बढ्न सुझाव दिएको ती नेताले जानकारी दिए ।

भेलामा सहभागी पूर्वमाओवादीका एक नेताले भने, ‘पहिलो चरणमा प्रदेश किमिटी सदस्य बसेर भेला भएपनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ ।’

भेलाले मोरङ जिल्लाभर प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षीयभन्दा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय नेता–कार्यकर्ताको संख्यात्मक गणना समेत भएको थियो ।

भेलाले अब १३ गतेपछि प्रदेश नं. १ का मन्त्री, सभासद र स्थानीय तहका आफू निकट प्रतिनिधिको भेला तथा प्रशिक्षण तय गर्ने निर्णय गरेको छ ।

भेलामा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सहइन्चार्जद्वय महेश रेग्मी, गोपी आछामी, पूर्वमन्त्री शिवकुमार मण्डलसहित प्रदेश कमिटी सदस्य गरी ५० जना हाराहारीको सहभागिता रहेको जनाइएको छ ।

पछिल्ला केही हप्ता यता नेकपाभित्र अध्यक्षद्वयबीच विवाद बढेको छ। पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ।

अध्यक्ष प्रचण्डले ओलीमाथि ‘आरोप नै आरोप’ लगाउँदै सचिवालयमा प्रतवेदन पेश गरेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।

गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले उक्त राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

गत मंसिर ३ गते बसेको बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनमा जवाफसहित तथ्यपरक प्रतिवेदन ल्याउने बताएका थिए ।

उनले आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताएपछि सचिवालय बैठक  १३ गते सम्मका स्थगित गरिएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : ४९ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज