कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै « Khabarhub

कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट– कालिकोट जिल्लामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले समन्वकारी काम गर्दा सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

जिल्लामा हालसम्म २४५ जनामा सङ्क्रमण दखिएको र तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या दुई जनामात्र रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए ।

“जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या चार रहेको थियो”, उनले भने, “दुई जना आज नै सङ्क्रमण निको भएर घर पठाइएको छ । हाल कोरोना विशेष अस्पतालमा दुई जना मात्र रहनुभएको छ ।”

कोराना सङ्क्रमण निको भएर हालसम्म २४३ जना घर फर्किएका र हालसम्म ६६४९ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको उनले बताए ।

नौ स्थानीय तहमध्ये रास्कोटमा ३५, खाँडाचक्रमा २३ , तिलागुफा नगरपालिकामा ३१ , पलाँतामा तीन, सान्नी त्रिवेणीमा ३८, नरहरिनाथमा ४३ , शुभकालिकामा ३७ , महावैमा १३ , पचालझरना गाउँपालिकामा दुई र अन्य जिल्लाका १७ जनामा कोरोना सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १२ : ४१ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र