मुख्यमन्त्री राउतद्वारा कवि विद्यापति स्मृतिमा शुभकामना « Khabarhub

मुख्यमन्त्री राउतद्वारा कवि विद्यापति स्मृतिमा शुभकामना


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले मिथिलाका कवि कोकिल विद्यापतिको स्मृति दिवसका अवसरमा देश तथा विदेशमा बस्नुभएका मैथिली समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा १४औँ शताब्दीको कार्तिक त्रयोदशी तिथिमा जन्मनुभएका कवि विद्यापतिले लेखेको प्रेम विरह र भक्तिरसका गीतहरु अहिले पनि मैथिल समुदायलाई आह्लादित गर्दछ भनि उल्लेख गरिएको छ ।

उनको प्रभाव बङ्गाली, उडिया र नेवारी समाजमा पनि प्रभाव परेको उल्लेख गर्दै सो विज्ञप्तिमा विद्यापतिले लेख्नुभएका गौंरक्षक, विजय नाटक, भूपरिक्रमा, पुरुष परीक्षा कीर्तिलताजस्ता गद्य ग्रन्थ अहिले पनि आदरका साथ पढिने गरेको उल्लेख छ ।

विद्यापतिको लिखनावलीको प्रभाव नेपाली लिखतमा समेत हेर्न सकिन्छ । उनले आफ्नो जीवनको उत्तरार्धकाल नेपालमा बिताएको र सो अवधिमा अनेकौँ पुस्तकको रचना गरेका थिए । उनी भविष्यवेता पनि थिए ।

विद्यापतिले आफ्नो मृत्युको सम्बन्धमा गरिएको भविष्यवाणी पुस्तकमा यसरी बर्णन गरिएको छ, “विद्यापतिको अवसान, कात्तिक धवल त्रयोदशी जान ।” अर्थात् कात्तिक त्रयोदशी तिथिमा मृत्यु हुने गर्नुभएको भविष्यवाणी सत्य भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  २ : ५५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल