मंगलबार फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक « Khabarhub

मंगलबार फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्ने गरी सकिएको छ ।

मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरी आजको सचिवालय बैठक सकिएको सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदन हस्तानान्तरण गरेको बताए ।

प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकमा पार्टी एकतालाई मजबुद बनाउन र पार्टीलाई गति दिने विषयमा छलफल भयो । बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले तयार पार्नुभएको प्रतिवेदन हस्तानान्तरण भएको छ । यसमा के छ हामीले हेरेका छैनौ खामबन्दी छ । यो प्रतिवेदन अध्ययन गरी यसैका विषयमा छलफल गर्न आगामी मंसिर १६ गते मंगलबार दिउँसो १ बजे फेरि बैठक बस्ने छ ।’

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ३ : ३१ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा