सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु « Khabarhub

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कञ्चनपुरमा ट्वाइलेटको सेफ्टी ट्याङ्की सफा गर्दा दुई जनाको ज्यान गएको छ ।

भीमदत्त नगरपालिका २ महुलियाकी सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्दा सेफ्टी ट्याङ्कीमा खसेर २ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

सेफ्टीट्यान्कीमा खसेको स्थानीयले थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले सेफ्टी ट्याङकीबाट दुवै जनालाई मृत अवस्थामा निकालेको प्रवक्ता थापाले बताए । उनीहरुको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ५ : १८ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार