दुवै अध्यक्षका प्रस्ताव अब फिर्ता गर्न मिल्दैन : वरिष्ठ नेता खनाल « Khabarhub

दुवै अध्यक्षका प्रस्ताव अब फिर्ता गर्न मिल्दैन : वरिष्ठ नेता खनाल


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका कुनै प्रस्ताव फिर्ता नहुने बताएका छन्।

मंसिर ३ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीप्रति १९–पृष्ठ लामो आक्रामक प्रस्ताव पेस गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री ओलीले आज शनिबारको बैठकमा ३८ पृष्ठ लामो जवाफी प्रस्ताव पस्तुत गरेका हुन्।

‘दुवैमध्ये कुनै प्रस्ताव फिर्ता हुँदैनन्, अब यी पार्टीका सम्पत्ति भएका छन्,’ पूर्वप्रधानमन्त्री खनालले बैठकमा राखेका भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘यो सम्पत्ति सुन पनि हुनसक्छ, खिया लागेको फलामको टुक्रा पनि हुनसक्छ, जे भए पनि पार्टीको सम्पत्ति अब फिर्ता हुँदैन।’

उनले नेकपामा अहिले अन्तरसंघर्ष चर्केको तर पार्टीमा हुने यस्ता बहसबाट कोहि पनि डराउनुनपर्ने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ५ : ५० बजे

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको