लोकतन्त्रमाथि ‘प्रहार’ हुँदा व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढ्यो : नेता कोइराला « Khabarhub

लोकतन्त्रमाथि ‘प्रहार’ हुँदा व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढ्यो : नेता कोइराला


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दूरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चिकित्सक समेत रहेका उनले कोरोना भाइरस अझै केही समय रहिरहन सक्ने बताउँदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुँने बताए।

कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रह समेत गरे । कोइरालाले कुनैपनि बाहानामा पार्टीको महाधिवेशन रोकिन नहुनेमा जोड दिएका छन ।

नेपाली काँग्रेस सुनसरी–काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा. कोइरालाले भने ,‘ १४ औं महाधिवेशन मार्फत काँग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ। कुनै पनि बाहानामा पार्टीको महाधिवेशन रोकिन हुन्न । ’

यस्तै कोइरालाले व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढेको बताए ।

‘सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढेको छ । सबै सचेत हुने बेला आएको छ,’ उनले भने ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ३० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि