‘एशिया सेल्टर फोरम’को कार्यशाला काठमाडौँमा | Khabarhub Khabarhub

‘एशिया सेल्टर फोरम’को कार्यशाला काठमाडौँमा


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौँमा हुँदैछ ।

एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले गोष्ठीको आयोजना गर्न लागिएको हो ।

गत वर्ष इन्डोनेशियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो । कोभिड–१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो ।

अवस्था सामान्य भए २०७७ चैतमा भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम काठमाडौँमै आयोजना गरिने बताइएको छ ।

गोष्ठीमा राम्रा अभ्यासको सिकाइबाट समुदायको संलग्नतामा समुदायबाट नेतृत्व गरिएका सुरक्षित र प्रतिष्ठित आवास कार्यक्रमका प्रयासलाई उजागर गर्दै विपद् प्रतिकार्यमा सहकार्यका लागि सम्भावनाको खोजी गरिनेछ । फोरमले एशिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्तालाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताको क्षमता अभिवृद्धिका लागि प्रयास गर्नेछ ।

विपद् प्रतिकार्यमा सहकार्य एवं सहयोग गर्ने समुदायका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ । कार्यशाला गोष्ठीलाई हाउजिङ रिकोभरी एण्ड रिकन्स्ट्रसन प्लेटफर्म (एचआरआरपी), क्याथोलिक रिलिफ सर्भिसेस (सिआरएस), इन्टरनेशनल फेडरेशन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी), युरोपियन युनियन (इयु), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम), ह्याविट्याट फर ह्युम्यानिटी र गैरसरकारी संस्था महासङ्घले समन्वय गर्ने प्राधिकरणले जनाएको छ ।

कार्यशालाको उद्घाटन आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गर्नेछन् । अध्यक्षता मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले गर्नेछन् । र्नुहुनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १२ : ४० बजे

अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ देखि

सुनसरी – यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण

देशको राजनीतिले असल पार्टी खोजेको छः अध्यक्ष नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

दिपक समिरको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक

काठमाडौं – संचारकर्मी दिपक समिरद्वारा लेखिएको कथा संग्रह ‘मुना–मदनको डिभोर्स

स्कार्पियोबाट ७११ किलो गाँजा बरामद, चालक फरार

काठमाडौं- प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद

आजका समाचार : खानेपानी मन्त्रालयमा आगलागी, २०८४ ओवादीको हुनेमा प्रचण्ड ढुक्क र २७ वर्षपछि भाजपाको ‘कमब्याक’

बिना दबाबमा काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रहप्रधानमन्त्री केपी शर्मा ओलीले