विमानस्थलमा गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङहेले जब कुइनो जुँधाए « Khabarhub

विमानस्थलमा गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङहेले जब कुइनो जुँधाए


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एकदिने नेपाल भ्रमणका लागि चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहे काठमाडौँ आएका छन् ।

उनलाई स्वागत गर्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थल पुगेका थिए । विमानस्थलमा आइपुगेका फेङहेलाई गृहमन्त्री थापाले स्वागत गर्दै दुई जनाले कुइनो मिलाएको दृश्य निक्कै हेर्न लायक थियो ।

गृहमन्त्री बादल रक्षासचिव सहितको दलबल लिएर विमानस्थल पुगेका थिए । उनका हातमा आर्कषक पुष्पगुच्छा थियो ।

चिनियाँ सैनिक विमान विमानस्थलमा अवतरण गर्यो । त्यसको केही छिनमा सैनिक पोशाकमा ठाँटिएका रक्षामन्त्री वेइ फेङहे सहित २१ जनाको टोली विमानस्थलस्थित विशिष्ठ कक्षमा आइपुग्यो ।

गृहमन्त्री थापाले पहिला अभिवादन गरे । पुष्पगुच्छा थमाए । अनि हात अगाडी बढाए । रक्षामन्त्री फेङहेले गृहमन्त्री थापासँग हात मिलाउनुको साटो आफ्नो कुईनो अघि सार्दै कोभिडमा हात मिलाउने तरिका यस्तो भन्दै देखाए ।

गृहमन्त्री थापा र रक्षामन्त्रीको कुम मिलाइका यी दृश्य निक्नै हेर्न लायक छन् । रक्षामन्त्री फेङहेले पछि सचिवसँगपनि कुम नै मिलाएका थिए ।

कोभिड–१९ को महामारीपछि नमस्तेसँगै नयाँ पुस्तामा यो कुम मिलाउने चलन फस्टाएको छ । तर चीनको जनसेनाका उच्च तहमा रहेका फेङहेले नै यति सहज रुपमा कुम अघि सारेको देख्दा उनको स्वागतमा गएका अधिकारीहरु अचम्ममा परेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १ : ११ बजे

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट