बलात्कार प्रकरणमा वडाध्यक्ष साँउदसहित चार पक्राउ « Khabarhub

बलात्कार प्रकरणमा वडाध्यक्ष साँउदसहित चार पक्राउ


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– किशोरी बलात्कार प्रकरणमा वडाध्यक्षसहित थप चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिगास गाउँपालिका–३ का वडाध्यक्ष शेरसिंह साउँदसहित थप चारजना रहेका प्रहरीले जनाएको छ ।

सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो । योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् ।

पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

बलात्कार घटनाका मुख्य आरोपित सिगास–३ का दीपकसिंह धामी भने फरार रहेको प्रहरीले जनाएको छ । उनी पहिला नै भारत भागिसकेको प्रहरीले जनाएको छ ।

सिगास–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो । तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो ।

सो घटना बाहिर आएपछि प्रहरीले यसलाई गम्भीरताका साथ लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । यो घटनामा मुख्य आरोपित फरार रहे पनि घटनालाई ढाकछोप गर्ने वडाध्यक्षसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनले भने, “अनुसन्धानकै क्रममा छौँ, गलत गर्नेमाथि कानूनी कारबाही हुन्छ ।”

पीडित किशोरीसहित उनका आफन्तलाई अहिले जिल्ला अस्पातलको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ६ : ३८ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री