उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूद्वारा सपथ ग्रहण « Khabarhub

उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूद्वारा सपथ ग्रहण


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरूले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।

गोल्छालाई निवर्तमान अध्यक्ष भवानी राणाले पद तथा गोपनियताको सपथ गराइन्। अध्यक्ष गोल्छाले नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल तथा उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको ग्रहण गराएका थिए।

११ देखि १३ मंसिरसम्म काठमाडौंमा सम्पन्न ५४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो।

गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका छन्। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ।

गोल्छा यस अघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका थिए। शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकालसहित उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र संघाइत निर्वाचित आइतबार सम्पन्न निर्वाचनबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : ५६ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम