‘फिट’ रहन अल्छी हटाऔँ « Khabarhub

‘फिट’ रहन अल्छी हटाऔँ


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अबेर रातिसम्म जागा रहने बानीका कारण धेरै मानिस बिहान सबैरै उठ्न सक्दैनन् । अझ जाडोको मौसममा बिहान सबेरै उठ्न निकै गाह्रो मानिन्छ ।

बिहान सबेरै नउठ्दा बेलुका चाडैँ निन्द्रा लाग्दैन । जसका कारण पुनः ढिला सुतिन्छ र निन्द्रा पूरा नभए दिनभर थकान महसुस हुन्छ । तसर्थ बिहान सबेरै उठेरै मात्र केही मिनेट ब्यायाम गर्न छुट्याए दिनभर एक्टिभ रहन मद्दत गर्दछ । आज हामी बिहान उठेरै गर्ने केही ब्यायाम र कामबारे चर्चा गर्नेछौ ।

१. बिहान सबेरै उठ्न घडीको अर्लामको प्रयोग गर्नुहोस् र अल्छी नगरी उठ्नुहोस् ।

२. उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिएर हल्का शरीर तात्ने ब्यायाम गर्नुहोस् ।

३. यसका लागी घरको कुनै कोठा, छत वा नजिकको पार्क उपयोगी हुनसक्छ ।

४. ब्यायाममा सबैभन्दा पहिले स्ट्रेचिंग गर्नुहोस् । स्ट्रेचिंग ब्यायाम गर्न दुवै खुट्टाबीच केही अन्तर राखेर सिधा उभिइ हातलाई सकेसम्म माथि उठाउनुहोस् र १० सेकेण्डपछि फेरि पहिलेकै पोजिशनमा आउनुहोस् ।

त्यसपछि हातलाइ दायाँ बायाँ फैलाई विपरित दिशामा लगेर कम्मरको स्ट्रेच गर्नुहोस् । त्यसपछि फेरि हातलाई माथि उठाएर झुक्ने र खुट्टाको औँला छुने । यो क्रिया पाँच पटकसम्म दोहोर्याउनुहोस् ।

५. स्ट्रेचिंग गरिसकेपछि एक्सरसाइज गर्न शरीर तयार हुन्छ । त्यस पछि आफ्नो अनुकुलको ब्यायाम गर्न सक्नु हुन्छ । अझ स्ट्रेचिंगपछि पुसअप्स गरे राम्रो हुन्छ । पुसअप्स गर्दा शुरु दिन ५ देखि १० पटक र पछि सके अनुसार बढाउदै लानु राम्रो हुन्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  २ : ३१ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा