वल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित « Khabarhub

वल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । १९ नोभेम्बर २०२० तारिख का दिन वल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो ।

उक्त समाहरोहमा वल्डलिंक कम्यूनिकेशन्स लिमिटेडले नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन “मेरिट पुरस्कार“ जित्न सफल भएको छ । हाल सम्म यो पुरस्कार पाउने वल्डलिंक नेपालको पहिलो कम्पनी हो ।

सन १९७८ मा स्थापित, वल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध भएका छन् । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ ।

विश्वव्यपी आईसीटी उद्योग को अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागी र उद्योग बृद्धि गर्न उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेकोछ ।

उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार का आयोजना गर्दै आइरहेकोछ । विट्साको यो सबैभन्दा लोकप्रिय कार्यक्रम हो । २० वर्ष अगाडि, ताइपेमा आयोजित आईटी २००० विश्व कांग्रेसमा विट्साले ग्लोबल आईसीटी उद्योगको अग्रणी मान्यता प्राप्त अन्तर्राष्ट्रिय आवाजको रूपमा (अष्ट्रेलिया र न्यूजील्याण्डदेखि बंगलादेशसम्म र मलेसियादेखि दक्षिण अफ्रिका र नाइजेरियादेखि अर्जेन्टिना र क्यानडासम्म दुनियाका ८० भन्दा बढी देशहरुका आईसिटी उद्योगलाई संसारका सबै कुनाबाट सबैभन्दा प्रभावकारी र नवीन उम्मेदवारहरू चयन गर्न ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारलाई अनौंठो बनाउँछ ।

वल्र्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

यहाँ रहेका उद्योगहरुको प्रभाव र नवीनताको आधारमा विज्ञहरुले उत्कृष्ट उद्योगहरुलाई उम्मेदवारको रुपमा छनौट गर्ने गर्दछ । यसक्रममा वल्डलिंक पनि छनौट भएको हो ।

“यस बर्ष ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार छनौटका लागि सहभागि आवेदनहरू धेरै उल्लेखनीय संख्यमा सुयोग्य, अद्वितीय, असाधारण किसिमका थिए । २० वर्षदेखि आयोजना गर्दै आईरहेको पुरस्कार आयोजनामा यस बर्षका जति धेरै सहभागिहरूलाई समीक्षा एवम सम्मान गर्ने मौका हामीले पहिले कहिल्यै पाएका थिएनौ,“ विट्साका अध्यक्ष यभोन्ने चियु ले भने ।

वल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने, “डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान हो। हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्म लाई सक्षम बनाउदैछौं। ”

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  २ : १९ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु