नेपालमा क्रिकेट खेल्ने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने « Khabarhub

नेपालमा क्रिकेट खेल्ने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हुने खेलकुद प्रतियोगितामा भाग लिने विदेश खेलाडीले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परेको उजुरीमाथि सुनुवाई गर्दै सरकारले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परेको उजुरीका सम्बन्धमा यस्तो निर्णय गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको निर्णयका आधारमा श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेर श्रम स्वीकृति लिएर मात्रै विदेशी खेलाडीलाई नेपालमा हुने प्रतियोगितामा सहभागी गराउने व्यवस्था मिलाउन भनेको हो ।

विभागले माघ ४ गते खेलकुद परिषदलाई लेखेको पत्रमा नेपालमा हुने खेलकुद प्रतियोगितामा सहभागिता जनाउने विदेशी खेलाडीले श्रम स्वीकृति लिएको नदेखिएकाले अवदेखि उक्त व्यवस्था अनिवार्य रुपमा लागू गराउन अनुरोध गरेको छ ।

विदेशी खेलाडीसमेत सहभागी हुने खेलकुद प्रतियोगिता र क्रिकेट लिग खेलाउने संस्थाको नाम र ठेगाना तथा त्यस्ता खेलमा भाग लिने क्लवहरुको नाम, ठेगाना समेत उपलब्ध गराउन मन्त्रालयले परिषदसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ४८ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा