सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष, शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डा फहराउने | Khabarhub Khabarhub

सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष, शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डा फहराउने


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् ।

१३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन हामी उठ्ने छौँ ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

प्रतियोगीले देशैभरीका ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने कुनै पनि गाउँठाउँका प्राकृतिक, सांस्कृतिक, भेषभूषा, जातजातिको पहिचान, खानपान, कलालगायतका कुनै एक विषयवस्तुमा केन्द्रित रही अधिकतम पाँच मिनेटसम्मको भिडियो बनाउन सक्नेछन् । कुनै व्यक्ति समूह वा संस्थाले फरक फरक विषयवस्तुमा केन्द्रित रही एकभन्दा बढी भिडियो समावेश गर्न सक्ने प्रावधान छ । गत जानवरी १ देखि शुरु भएको प्रतियोगिता ३१ मे २०१९ सम्म चल्नेछ ।

देशैभरिबाट भिडियो सङ्कलनार्थ यस फाउण्डेशनले काठमाडौँ, हेटौँडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, विरगञ्ज, जनकपुर, इटहरी, विर्तामोड, मोरङ, पोखरा, तनहुँ र भैरहवा गरी सातै प्रदेशका १६ ठाउँमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रमको आयोजनासमेत गरिसकेको छ ।

राष्ट्रियसभाका सांसद कोमल ओली, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सीइओ दीपकराज जोशी, अल्ट्रा धावक मीरा राई, पूर्वराष्ट्रिय फुटबलर एवं प्रशिक्षक राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, किर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालगायतले फुर्वालाई बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भिडियो च्यालेन्ज ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सांसद कोमल ओलीले नेपालका गाउँठाउँलाई विश्वभर परिचित गराउन यो अभियान अत्यन्तै सान्र्दभिक एवं समय सापेक्ष रहेको उल्लेख गर्दै यसमा सहयोग गर्न सबैमा अपिल गरिन् ।

भ्रमण वर्ष २०२० का संयोजक वैद्यले यो अभियानको अवधारणा नै उत्कृष्ट रहेकाले भ्रमण वर्ष २०२० पनि यो अभियानसँग जोडिएकाले यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि विल राइज फाउन्डेसनका अप्रेशन निर्देशक अनुप के बरालले भिडियो च्यालेन्ज अभियानले आफ्नो ठाउँको विशेष पहिचानलाई बाहिर ल्याउन सहयोग गर्ने भन्दै अहिलेसम्मको सहभगिताले आफूहरु उत्साहित भएको बताए ।

सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पाले मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयास अनुरुप आरोहणको १४ आँैं पटक ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झण्डा सगरमाथाको चुचुरोमा फहराउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानले नेपालको पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताए ।

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन् । प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले रु एक लाख नगदसहितको पुरस्कार पाउने छ । दोस्रोले रु ५० हजार र तेस्रो हुनेले २५ हजारको पुरस्कारको पाउने छन् । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि रु एक लाखकै पुरस्कार पाउने आयोजकले जनाएको छ ।

साथै, उत्कृष्ट सम्पादन र लेखनले पनि रु २५/२५ हजारको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ । उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट रु दुई लाखको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन् ।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका लागि फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी मार्फत अनलाइन फारम भर्नुपर्ने हुन्छ । यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत सङ्कलन गर्न सकिने छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ११ : ०५ बजे

सिनेमा बजार सुन्निएको कि मोटाएको ?

काठमाडौं – वि.सं. २०८१ को सुरुवाती ६ महिना नेपाली सिनेमाका

बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन

साढे सत्र करोडको लागतमा पक्की पुल निर्माण हुँदै

खोटाङ– जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन

आर्चर आइपिएल सूचीमा : अक्सनमा सहभागी हुने

काडमाडौं – पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमामा समावेश नभएका

जीपी कोइराला अस्पतालमा फागुनदेखि डाइलाइसिस सेवा

तनहुँ – जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि