स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते « Khabarhub

स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा ९ बसन्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् ।

थुम्कीदेवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको ग १ क २४८३ नम्बरको बसले लु २० प २४३७ नम्बरको मोटरसाइकललाई भित्री सडकमा ठक्कर दिएको थियो । बसको ठक्करबाट मध्यविन्दु नगरपालिका १३ निवासी ३५ बर्षीय सन्तबहादुर कुमालको मृत्यु भएको हो ।

कुमालको चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले बताए ।

दुर्घटनामा परी मध्यविन्दु नगरपालिका १३ निवासी मनु विक र सोही ठाउँकै २६ बर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् । घाइते दुबैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर दिन बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ठक्कर दिएको बस प्रहरी चौकी चोरमाराले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १२ : ०४ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६