थाहा पाउनोस् अन्तिम संस्कारमा शवको टाउकोमा हान्नुको रहस्य | Khabarhub Khabarhub

थाहा पाउनोस् अन्तिम संस्कारमा शवको टाउकोमा हान्नुको रहस्य


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक धर्मको आ-आफ्नै रीतीरिवाज हुने गर्दछ ।

हिन्दू धर्म शास्त्रका अनुसार कसैको मृत्यु भएपछि अन्तिम संस्कार गरिन्छ । तर, आज हामी हिन्दू धर्मसँग जोडिएको अनौठो जानकारी दिँदैछौँ।

पुराण आदी विभिन्न धार्मिक ग्रन्थका अनुसार मरेपछि मानिसको षेडसंस्कार मध्यको अन्तिम संस्कार गर्ने गरिन्छ । किनभने त्यसको प्रभाव अर्को जन्ममा पर्ने गर्दछ ।

त्यसैले अन्तिम संसकारमा बिना कुनै गल्ती वा त्रुटी सम्पन्न गर्नुपर्दछ भन्ने मान्यता रहेको छ । अन्तिम संस्कारमा एउटा महत्वपूर्ण क्रिया पनि गरिन्छ । त्यो हो कपाल क्रिया ।

कपाल क्रिया बिना हिन्दू धर्मका अनुसार अन्तिम संस्कार पूरा हुँदैन । यो क्रिया हेर्नेहरुको मन दुख्छ । तर, गरुड पुराणका अनुसार सैलाई मुखाग्नी दिइन्छ, त्यो बेला धेरै घ्यु शवको मुखमा हाल्ने गरिन्छ । किनभने उसको शिर राम्रोसँग जलोस् ।

सबै जलिसकेपछि मात्र शवको शिरमा लौरोले हान्ने गरिन्छ । यसैलाई नै कपाल क्रिया भन्ने गरिएको छ ।

शिरमा हान्नुको पहिलो कारण- यदि शिरमा लौरेले चुटेन भने पूरा शिर जल्दैन । अर्को कारण  भनेको बिना कपाल क्रिया अन्तिम संस्कार कहिल्यै पूरा हुँदैन ।

दोश्रो कारण धार्मिक मान्यताका अनुसार सांसारिक बन्धनबाट मुक्ती गरेर उसलाई मोक्ष प्राप्ती गराउनु हो ।

कपाल क्रियापछि मात्र एक मृत व्यक्तिको आत्मालाई मोक्ष मिल्ने धर्मशास्त्रहरुमा उल्लेख छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ५ : १५ बजे

अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरू)

काठमाडौं– अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक