देशले हिन्दुराष्ट्र र राजसंस्था खोजिसक्यो : अध्यक्ष थापा « Khabarhub

देशले हिन्दुराष्ट्र र राजसंस्था खोजिसक्यो : अध्यक्ष थापा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दू राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताएका छन्।

उनले हिन्दुराष्ट्र र राजसंस्थाको आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्।

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तर्क्रीयामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको पनि बताए। ‘कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएको छ’, उनले भने, ‘वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने गरि अघि बढ्न आवश्यक छ।’

मुलुकमा ब्याप्त भ्रष्टाचार , बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको उनले बताए। ‘अब हामीले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा जोड दिनुपर्छ’, उनले थपे।

हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको उनले बताए।

‘जनताले परिवर्तनको चाहना गरेकाले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाउनुपर्छ’, उनले भने, ‘महाधिवेशनलाई सफलतापूर्वक सम्पन्‍न गर्न समय सीमाभित्र कार्य सम्पादन गर्नुस्।’

कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर रायमाझी र भाष्कर भद्रा लगायतले पनि आफ्ना भनाइ राखेका राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिएका छन्।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ५ : ५३ बजे

ललितपुर महानगरमा जथाभावी पार्किङ, फोहोर फ्याँक्ने र बिरुवा भाँच्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन मिल्ने ‘ई-चलान’ सुरू

काठमाडौं– ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी

संसद्‍मा रोकिएन हर्कको विरोध (तस्बिरहरू)

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

एजेन्सी– विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय

अझै बनेन संसद् हल, सभामुखले जंगिँदै भने- दैनिक एक करोड जरिवाना तिराउँछौँ

काठमाडौं- सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद्

अमेरिकी सांसद नै भन्छन् : युद्धले केही दिएन, इरानसँग आत्मसर्पण गरेजस्तो भयो

वाशिङ्टन- इरानसँगको सम्झौतालाई लिएर अमेरिकामै विवाद र विरोध भएको छ।