नेकपा (माओवादी केन्द्र) र नेकपा (माओवादी) सडक ‘संघर्ष’को तयारीमा « Khabarhub

नेकपा (माओवादी केन्द्र) र नेकपा (माओवादी) सडक ‘संघर्ष’को तयारीमा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले विभिन्न राजनीतिक दलहरुसँग सुदृढ कार्यगत एकताको लागि छलफल तथा अन्तर्कियालाई जोड दिएको छ ।

सोही क्रममा आज माओवादी केन्द्र र नेकपा (माओवादी) बीच संयुक्त छलफल भएको हो।

बैठकमा नेपालमा राजनीतिक पार्टीहरुको अवस्था, अवलम्बन गरेको वैचारिक राजनीतिक कार्यदिशा, राज्यको कार्यशैली र जनसमूदाय बीचको अन्तर विरोधका विषयमा छलफल भएको जनाइएको छ ।

माओवादी केन्द्रको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित अध्यक्ष कर्णजीत बुढाथोकी शुशिलले अहिलेको मुख्य आवश्यकता भनेको विभिन्न ढंगले विकेन्द्रीत हुन पुगेका माओवादी क्रान्तिकारी शक्तिहरुबीचको सुदृढ कार्यगत एकता र वैचारिक सैद्धान्तिक आधारमा पार्टी एकता र वृहत ध्रुविकरण भएको बताए ।

उनले वर्तमान संसदीय व्यवस्थाका कारण नागरिकको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको, राष्ट्रियता, जनतन्त्रको अवस्था समस्याग्रस्त बनेको ठहर गर्दै त्यसका विरुद्ध जनन्यायीक व्यवस्था स्थापनार्थ सबै क्रान्तिकारी, प्रगतिशील, देशभक्त जनशक्तिहरुको एकताबाट मुलुकमा बलियो माओवादी पार्टी निमार्ण गर्नुपर्ने र निर्णायक सडक संघर्षको तयारीमा जुट्नुको विकल्प नरहेको बताए ।

विभिन्न क्रान्तिकारी शक्तिहरुबीको एकताका विषयमा माओवादी केन्द्रले विभिन्न राजनीतिक दल, वामपन्थी अगुवाहरु, राजनीतिक विश्लेषक, पत्रकार, लेखक, बुद्धिजीवी समुदायहरुसँग छलफल र बहस गर्दै आएको छ ।

दुई दलले जारी गरेको संयुक्त वक्तव्यको पूर्णपाठ यस्तो छ-

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : २६ बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश