प्रहरी निरीक्षक शर्माविरुद्ध ‘बहुविवाह’ र ‘भ्रूण हत्या’ कसुरमा मुद्दा दायर « Khabarhub

प्रहरी निरीक्षक शर्माविरुद्ध ‘बहुविवाह’ र ‘भ्रूण हत्या’ कसुरमा मुद्दा दायर


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् ।

श्रीमानले आफूलाई अन्याय गरेको भन्दै सामाजिक सञ्जालमार्फत न्यायको अपिल गरेकी शर्माले आज जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहेरी दिएकी हुन् ।

मङ्सिर पहिलो साता जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बैदाम प्रहरी चौकी पोखरामा सरुवा भएका प्रहरी निरीक्षक शर्माविरुद्ध उनकी पत्नीले बहुविवाह र भ्रूण हत्या गरेको अभियोगमा गर्भ संरक्षणविरुद्धको कसुरमा जाहेरी दिएपछि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका धनबहादुर थापाले जानकारी दिए ।

मुद्दा दर्ता भएसँगै आवश्यक कानूनी प्रक्रिया अघि बढेको जिप्रकाले जनाएको छ । फौजदारी कसुरमा मुद्दा दर्ता भएसँगै शर्मा निलम्बनमा पर्ने कानूनी प्रावधान रहेको छ ।

चिनजानबाट प्रेम, शारीरिक सम्बन्ध हुँदै प्रेम विवाह गरेका शर्मा दम्पत्तिबीच पछिल्लो समय सम्बन्धमा खटपट आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

श्रीमानले आफूलाई जबर्जस्ती गर्भपतन गर्न लगाएको, विवाह पश्चात घरमा नलगेको, आफूलाई यातना दिने गरेको र पछिल्लो समय सरुवा भएर गएपछि आफूसँगको सम्पर्क छुटाएर अलपत्र पार्ने काम गरेको पीडित स्मृतिले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : ५९ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको