राहदानी नवीकरण गर्न साउदीको दमाममा अस्थायी कार्यालय सञ्चालन | Khabarhub Khabarhub

राहदानी नवीकरण गर्न साउदीको दमाममा अस्थायी कार्यालय सञ्चालन


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले आगामी डिसेम्बर ४ तारिखसम्म राहदानी नवीकरण लगायतका सेवा उपलब्ध गराउन दमाममा अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ ।

दूतावासले एक सूचना जारी गर्दै रियाद भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नवीकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी कार्यालय राखेर सेवा दिन लागेको जनाएको हो ।

दूतावासले जारी गरेको लिष्टमा नाम भएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि शुक्रबार बिहान ८ बजेदेखि मुगल रेस्टुरेन्ट दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट) मा उपस्थिति हुन् अनुरोध गरेको छ ।

दूतावासले प्रकाशन गरेको लिष्ट, यसअघि रदूतावासले विभिन्न मितिमा जारी गरेका सूचनाको आधारमा अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूले मात्र रहेको जनाएको छ ।

राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः

१. सक्कल राहदानी
२. राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
३. नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)

राहदानी नवीकरण शुल्क २०० साउदी रियाल लाग्ने छ भने
हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए ४००
साउदी रियाल लाग्ने दूतावासले जनाएको छ ।

साथै, कोभिड-१९ महामारीको विद्यमान अवस्था एवम् सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएकोले एक घण्टामा १० देखि १२ वटा मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा संलग्न लिष्टमा नाम भएकाहरूले आफ्नो सिरियल नम्बर बमोजिम आ-आफ्नो समयमा मात्र राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित समेत दूतावासले अनुरोध छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ११ : ०६ बजे

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट