च्याम्पियन्स लिगमा इन्टर मिलानको पहिलो जित « Khabarhub

च्याम्पियन्स लिगमा इन्टर मिलानको पहिलो जित


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ।

समूह बी अन्तर्गत शख्तर डोनेटेस्को मैदानमा सम्पन्न खेलमा पाहुना टिम रियल मड्रिड घरेलु टिमसँग २–० गोलले पराजित भएको हो।

यससँगै समूह बीमा रियल एक स्थान झरेको छ। दोस्रो स्थानको रियललाई हराउँदै शख्तरले उसकै स्थान लिँदा स्पेनिस क्लब एक स्थान तल परेको हो।

पाँच खेलबाट समान ७ अंक रहेका शख्तर र रियल दोस्रो र तेस्रो स्थानमा छन्।

मंगलबार रातिको खेलमा रियलविरुद्ध जितका लागि शख्तरका डेटिन्होले ५७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, मानोर सोलोमनले ८२ औं मिनेटमा गोल गरेसँगै पहिलो हाफ बराबरी भएको खेलमा शख्तरले जित निकालेको हो।

समूह चरणमा दोस्रो हार र एक बराबरी बेहोरेको रियललाई सुरुवाती चरण पार गर्न चुनौति थपिएको छ। समूह चरणको अन्तिम खेलमा जित निकाले पनि उसले नक आउट प्रवेशका लागि अब शख्तर र मोन्छेनग्लाडबाखको नजितामा भर पर्नुपर्ने छ।

सोही समूह अन्तर्गत शीर्षस्थानको ग्लाडबाख पुछारको टिम इन्टर मिलानसँग ३–२ गोलले पराजित भएको छ।

ग्लाडबाखलाई हराउँदै रियलले सिजनको पहिलो जितसमेत निकालेको छ। जितका लागि रोमलू लुकाकूले दुई गोल गरे भने माट्टेओ डर्मियनले एक गोल गरे।

यसँगै उसको पनि नक आउट स्टेजमा जाने सम्भावना कायमै छ। यदि आउँदो हप्ताको खेलमा मिलानले शख्तरलाई हराउँदा ग्लाडबाखले रियललाई हराउन सके मिलान र ग्लाडबाख नकआउट चरणमा पुग्नेछन्। त्यसो नभए मिलानको यात्रमा पूर्णविराम लाग्न सक्नेछ।

साथै एक खेल मात्र बाँकी रहँदा समूहका चार टिमलाई नै अर्को चरण जाने अवसर कायमै छ। समूह बी बाट दुई टिम अन्तिम १६ मा प्रवेश गर्नेछन्।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ०७ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको