इलाममा अब हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन हुने « Khabarhub

इलाममा अब हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन हुने


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार इलाम नगरपालिका–७ मा रहेको आइसोलेसन भवनमा हप्ताको सोमबार र बिहीबार स्वाब सङ्कलन गरिने छ । कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउनका लागि लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ ।

दैनिक २० जनाको हाराहारीमा कोरोना बढिरहँदा कार्यालयले राखेको यो मापदण्ड अपुग जस्तो देखिन्छ । “जिल्लामा ल्याब छैन । जिल्लाबाहिर पठाउँदा सीमित सङ्ख्यामा मात्र परीक्षण हुन्छ”, कोरोनाका स्रोत व्यक्ति विमलकुमार बरालले भने, “तर सबैलाई पहुँच पुग्ने गरी परीक्षण गरिनेछ ।”

जिल्लामा तिहार पछाडिको समयमा कोरोना अत्यन्त बढी देखिएको छ । स्थानीयस्तरमा कोरोना देखिएकाले परीक्षण बढाउनु पर्ने देखिन्छ । जिल्लामा तिहारपछिको समयममा मात्रै आठ जनाको निधन भएको छ भने करिब २०० सङ्क्रमित थपिएका छन् ।

अस्पताल र स्थानीय तहले सुरक्षाका मापदण्ड कार्यान्वयन नगराउँदा पनि कोरोना बढेको हो । विशेषगरी बजार क्षेत्रमा हिँडडुल गर्ने यात्रुलाई मास्क प्रयोग गर्न अनिवार्य नगराउनु तथा सवारीसाधनमा दूरी कायम नगरी यात्रु राख्नाले पनि कोरोना उच्च दरमा बढेको हो ।

जिल्लामा हालसम्म २३३ जनामा कोरोना देखिएको छ । एघार कोरोना सङ्क्रमितको निधन भइसकेको छ । एक सय ६८ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : २० बजे

संसद् बैठकअघि सभामुखले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता

अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी मुद्दा खारेज

न्युयोर्क– भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी तथा

अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा

मुस्ताङ– कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरूले

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही– सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा