ऐश्वर्याले गर्दैछिन् बाहुबलीका ‘कटप्पा’सँग रोमान्स ! « Khabarhub

ऐश्वर्याले गर्दैछिन् बाहुबलीका ‘कटप्पा’सँग रोमान्स !


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पछिल्ला दिनमा खबर आइरहेको छ कि, अभिनेत्री ऐश्वर्या राय बच्चनले मणिरत्नमको फिल्म साइन गरेकी छिन् । यो फिल्म कल्कि कृष्णमूर्तिको उपन्यास ‘द सन अफ पोन्नी’ मा आधारित हुनेछ । यो फिल्मलाई ऐतिहासिक ड्रामा भनिएको छ । फिल्मलाई ‘बाहुबली’ लाई झैँ बनाइनेछ ।

खबरका अनुसार यो फिल्ममा ऐश्वर्या रायका अलावा उनका ससुरा बलिउडका महानायक अमिताभ बच्चन पनि देखिनेछन् । तर, बीग बी बच्चनले यो फिल्मलाई ओके गर्छन् या गर्दैनन् भन्नेमा अझै पक्का भइसकेको छ ।

अर्को खबर पनि आएको छ कि, यो फिल्ममा ऐश्वर्याले कटप्पासँग पनि रोमान्स गर्नेछिन् । रिपोर्टका अनुसार, फिल्म ‘बाहुबली’ मा कटप्पाको भूमिका निभाएका दक्षिण भारतीय कलाकार सत्यराजलाई यो फिल्मको एक स्पेशल भूमिकामा अफर गरिएको छ ।

रिपोर्टका अनुसार ऐश्वर्याको पतिका भूमिकामा दक्षिण भारतीय कलाकार मोहन बाबुलाई प्रस्ताव गरिएको छ । भारतीय मिडियाले लेखेका छन् कि, पहिले मोहन बाबुलाई अफर गरिए पनि यो भूमिकामा सत्यराजले अभिनय गर्नेछन् ।

समाचारका अनुसार मणिरत्नमको यो मेगा बजेटको यो फिल्ममा ऐश्वर्या रायले एक राजकुमारीको भूमिका निभाउने छिन् । जसको बिहे एक राजासँग हुन्छ, तर ती रानीले बिहेलाई आफ्ना चाहना पूरा गर्न प्रयोग गर्छिन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १२ : ४६ बजे

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी