यसकारण महादेवलाई 'निराकार' रुपमा पूजिन्छ | Khabarhub Khabarhub

यसकारण महादेवलाई ‘निराकार’ रुपमा पूजिन्छ


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आदि र अन्तका देवता भनेर चिनिने भगवान शिवको न त कुनै स्वरुप छ न आकार । उनलाई साक्षात निराकार मान्ने गरिन्छ ।

आदि र अन्त नभएको कारण नै भगवान शिलाई निराकारुप मान्ने गरिन्छ । साथै उनको साकार शंकरको रुपमा उनलाई पूजा गरिन्छ ।

किन भगवान शिवलाई यहि रुपमा पूजा गरिन्छ ?

यो प्रश्न तपाईको मनमा पक्कै उठेको होला ।कि, किन भगवान शिवलाई निराकार लिङ्गको रुपमा पुजा गरिन्छ ।

लिङ्गको रुपमा पूजा गर्दा सारा व्रह्माण्डको पूजा हुन्छ । किनभने संसारको मूल कारण नै महादेवलाई मान्ने गरिन्छ ।

त्यति मात्रै होइन,भगवान शिवको मूर्ति तथा लिङ्ग दुबै रुपमा नै मानिसहरु अत्याधिक श्रद्धा र विश्वासका साथ पूजा गर्दछन् ।

शिवको अर्थ परम कल्याणकारी भन्ने हुन्छ । र लिङ्गको अर्थ हुन्छ, श्रृजन ।यसैबाट शिवको स्वरुप अवगत भएर शिवलिङ्गको अर्थ प्रमाण भन्ने हुन्छ ।

के छ वेदमा ?

तपाईलाई जानकारी गराऔँ कि, वेद र वेदान्तमा लिङ्ग शब्द सुक्ष्म शरीरको लागि उपयोगमा आउँछ ।

यो सुक्ष्म शरीर १७ तत्वबाट बनेको हुन्छ । त्यो तत्व हो, मन, वुद्धि, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र पाँच वायु ।

दोश्रो तर्फ वायु पुराणलाई मान्ने हो भनेप्रलयकालको बेला जब सारा श्रृष्टि लीन हुन लागेको बेला र फेरी श्रृष्टिकालमा प्रकट हुने बेलालाई लिङ्ग भन्ने गरिन्छ ।

पौराणिक कथा

समुन्द्र मन्थका बेला निस्किएको विषबाट सारा विश्व ध्वस्त हुन लागेपछि भगवान शिवले सबै विष पान गरेका थिए ।

त्यसैकारणले उनको नाम नीलकण्ठ भएको थियो । त्यस्तै महादेवले पान गरेको विषले उनको शरीरमा तापक्रम बढ्दै गएको थियो ।

त्यहि तापक्रम कम गर्नको लागि शिवलिङ्गमा जल चढाइने गरिन्छ । उक्त परम्परा आज पनि जारी नै रहेको छ ।

शिवमहापुराणका अनुसार

जब संसारका कर्ता धर्ता विष्णुले श्रृष्टिका रचयिता व्रह्मासँग मिलेर भगवान शिवसँग प्रश्न गर्दछन्, तपाई कसरी खुशी हुनुहुन्छ रु तयसको उत्तरमा शिवले भन्छन्, यदि मलाई खुशी बनाउन चाहानेले शिवलिङ्गको पूजा अवश्य गर्नुहोस् ।

त्यति मात्रै होइन,कुनै पनि प्रकारको समस्या नओओस् भन्नेले जल चढाएर शिवलिङ्गको पूजा गरेमा कुनै पनि समस्याले सताउने छैन ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ८ : ४० बजे

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन

पाँच बुँदे प्रस्तावसहित ज्ञानेन्द्र शाहीले भने- केवल कुर्सी फेरिँदैमा जनताको जीवनस्तर सुध्रिँदैन

​काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्रै

उपल्लो डोल्पामा खाद्यान्न अभाव

काँक्रेविहार– उपल्लो डोल्पास्थित तीन वटा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा समस्या

लहानका सुकुम्वासी बस्तीमा धारा जडान गरिँदै

सिरहा– यहाँको लहान नगरपालिकाले सुकुम्वासी तथा विपन्न परिवारलाई लक्षित गर्दै घरघरमा

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने

काठमाडौँ- वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली