रिहाईपछि नेता पौडेलले भने : सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन « Khabarhub

रिहाईपछि नेता पौडेलले भने : सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार लोकतन्त्रप्रति प्रतिवद्ध नभएको बताएका छन् । प्रहरी नियन्त्रणबाट रिहाइ भएपछि नेता पौडेलले लोकतन्त्र अपमानित भएको बताएका हुन ।

“आज जे भइरहेको छ । यसको देशभर विरोध भइरहेको छ,” उनले कार्यकर्ता र सञ्चारकर्मीहरुलाई संबोधन गर्दै भनेका छन् । उनले आफूलाई लाठीले पेलेर बोल्नै नसक्ने बनाएको जानकारी दिएका छन् ।

वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पुलको उद्घाटन गर्न जाने क्रममा तालघारीबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम ल्याइएको थियो । पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो ।

पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका थिए ।

झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको बताएका थिए ।

पौडेल पक्राउ परेपछि सरकारको चौतर्फी आलोचना भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ४१ बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०