सिमकोट विमानस्थलको कर्मचारी क्वाटरमा आगलागी | Khabarhub Khabarhub

सिमकोट विमानस्थलको कर्मचारी क्वाटरमा आगलागी


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।

आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।

कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ ।

आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन् ।

आज बिहान ४ बजेदेखि लागेको आगो बिहान ६ बज्दासम्म नियन्त्रणमा आउन सकेको छैन । सर्वसाधारण र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

आलगाली भएको केही समयपछि नियन्त्रणमा लिन नेपाल प्रहरीले माइकिङ गरेसँगै सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति रहेको छ । महिला तथा पुरुष आगो नियन्त्रणमा लागि परेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ७ : ५० बजे

नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

पर्सा– नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको

बेवारिसे सवारिसाधन हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज– वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारिसाधन तथा

राष्ट्रपति पौडेल तनहुँमा

तनहुँ– राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइपुगेका छन् ।

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ