वरिष्ठ नेता पौडेल पक्राउको विरोधमा दोलखामा कांग्रेसद्वारा प्रदर्शन  | Khabarhub Khabarhub

वरिष्ठ नेता पौडेल पक्राउको विरोधमा दोलखामा कांग्रेसद्वारा प्रदर्शन 


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– गृह जिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारीको विरोधमा दोलखामा कांग्रेसले प्रदर्शन गरेको छ ।

सरकारले नियोजित ढंगले वरिष्ठ नेता पौडेलमाथि गरिएको दुर्व्यवहार र धरपकडको विरोधमा दोलखा कांग्रेसले नारा जुलुससहित प्रदर्शन गरेको हो ।

सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयबाट सरकार‍विरुद्ध शंख जुलुस निकालिएको थियो ।

जुलुसलगत्तै सातदोबाटो चोकमा कोणसभाको आयोजना गरी कांग्रेस दोलखाले सरकारी रवैयाको विरोध गरेको थियो।

प्रदर्शनकै क्रममा कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ६ : ०८ बजे

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड

लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लागौँ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी

पशुपति क्षेत्रका १५ शिवालयको अध्ययन गर्न कार्यदल गठन

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ वटा शिवालयको

तनहुँको भानु नगरपालिकाबाट तीन किशोरी बेपत्ता

दमौली– तनहुँको भानु नगरपालिकाबाट एकैदिन तीन किशोरी बेपत्ता भएका छन्