चिसोमा दम रोगीले ध्यान दिनै पर्ने ७ टिप्स « Khabarhub

चिसोमा दम रोगीले ध्यान दिनै पर्ने ७ टिप्स


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चिसो मौसम दम रोगका बिरामीकालागी अत्यन्त कष्टकर रहने गर्दछ । चिसोमा दमले अन्य समयको तुलनामा बढि च्याप्ने गर्दछ ।

चिसोमा स्वास नली खुम्चिनुका साथै कफको उत्पादन बढाउँछ । यसबाहेक धुवाँ र वातावरणमा मिसिएका तत्व माथि पुग्न नसकेर वायुमै तैरिने गर्छ । परिणामस्वरुप, चिसोमा आस्थमाको समस्या बढ्ने गर्छ । तसर्थ यसका रोगीले चिसोमा सर्तक हुन जरुरी छ । चिसोमा दम रोगीले के के कुराको ख्याल राख्ने त ?

१. चिसोमा दमका रोगीले बाहिरबाट घर आउँदा पहिले हातखुट्टा राम्ररी धुनुपर्दछ । अन्यथा हातखुट्टामा टासिएको धुलोका कण तथा भाइरस स्वास नली वा मुखसम्म सजिलै पुग्दछ ।

२. दम रोगीले जाडोमा अनिवार्य न्यानो कपडा लगाउनु पर्छ । तर एसीमा लामो समय बस्नु राम्रो हुदैन ।

३. जाडोमा आगो ताप्न मज्जा हुन्छ तर दमका रोगीले आगोमा बस्नु हानीकारक हुनसक्छ ।

४. चिसोमा दम रोगीले खानपानमा विशेष ध्यान दिनुपर्छ । तातो तरल पदार्थ, कम वोसोयुक्त खानेकुरा, ताजा फलफुल तथा हरियो साजसब्जी अमिलो वा कागती खानाले आस्थमाको समस्या बढ्दैन । तर अमिलोको एलर्जी भएकाले भने खानु हुदैन ।

५. दम रोगीले घरबाट निस्कदा मास्कको प्रयोग गर्नुपर्छ ।

६. विहानको मर्निङ्ग वाक गर्नेहरुले घाम लागेपछि मात्र गर्नुपर्छ किनकी प्रदुषणका कारण रातको समयमा वायुमा जम्मा भएको धुवा विहानीपख तुवालोमा परिणत हुन्छ ।

७. राती सुत्नु अघि दम रोगीले स्टिम लिएमा फोक्सोमा जमेको दिनभरको फोहर बाहिर निस्कने गर्दछ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ४५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको