शिक्षा नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनका गर्न राष्ट्रपतिको आग्रह « Khabarhub

शिक्षा नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनका गर्न राष्ट्रपतिको आग्रह


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेकी छिन ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको छलफलमा राष्ट्रपति भण्डारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र शिक्षासचिव गोपीनाथ मैनालीसँग चालु आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका शिक्षासम्बन्धी विषयको कार्यान्वयनका अवस्थाका बारेमा जानकारी लिएकी हुन् ।

उनले सो अवसरमा शिक्षामन्त्री पोखरेलले शिक्षाका नीतिगत विषय र भावी दिनमा शिक्षालाई नागरिकको ज्ञान, सीप र चरित्र निर्माणका दिशातर्फ अभिमुख गराउन आवश्यक रहेको बताइन ।

सचिव मैनालीले नीति तथा कार्यक्रममा उल्लिखित मूलभूत विषय र अहिले सञ्चालन भइरहेको वैकल्पिक प्रणालीको सिकाइ कार्यक्रमलगायत विषयमा प्रकाश पारेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ४२ बजे

अमेरिका–इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब