राजावादीको प्रदर्शनमा उच्च निगरानी « Khabarhub

राजावादीको प्रदर्शनमा उच्च निगरानी


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजावादीहरूले बृहत प्रदर्शनको तयारी गरेका छन् ।

कोरोना महामारीकाबीच भिडभाड गर्न खोजिएको भन्दै धर्ना तथा जुलुस रोक्न गृह प्रशासनले सबै प्रशासन कार्यालयललाई निर्देशन दिए पनि शान्तिपूर्ण प्रदर्शनमा भने हस्तक्षेप नगर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार हिन्दुराष्ट्रसहितको राजसंस्थाको पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ ।

शनिबार प्रदर्शनमा बल प्रयोग गरे सरकार थप आलोचित हुने विश्लेषणका आधारमा गृह मन्त्रालयले राजावादीहरुको प्रदर्शनमा अब निगरानी मात्र बढाउन निर्देशन दिएको सुरक्षा स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौँले लोकतन्त्रमा सभा, जुलुस गर्ने छुट भए पनि अहिलेको परिस्थितिमा महामारी झन् फैलने खतरा भएकाले त्यस्ता गतिविधि नगर्न आह्वान गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरले प्रदर्शनमा निस्किँदा कोरोना भाइरसलाई मध्यनजर गरेर सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेका छन् ।

प्रदर्शन घोषणा गरेको राप्रपाका नेता राजेन्द्र लिङ्देनले भने शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भए कठोर आन्दोलन हुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ४५ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई